काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ।
धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको नेप्सेले जानकारी दिएको छ।
नेप्सेको कारबाहीमा परेर कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक छन्।
१९ वटा लघुवित्त कम्पनी ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी, र ११ वटा लघुवित्त कम्पनी छन्।
उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समुहका २ वटा कम्पनी कारबाहीमा परेका छन्।
नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको हो।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीलाई असोज मसान्तसम्ममा नवीकरण शुल्क बुझाउने समयावधि तोकिएको थियो। 'सो समयसीमामा शुल्क नबुझाएका कम्पनीलाई कारबाही गरिएको हो। कारोबार बन्द भइसकेका केही कम्पनी पनि सो सूचीमा छन्,' साउदले भने।
उनीहरुले तिर्न बाँकी नवीकरण शुल्क बुझाएपछि कारोबार खुला गरिने पनि उनको भनाइ छ।
यी हुन् कारोबार रोक्का गरिएका ८१ कम्पनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।