काठमाडौं- माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण तथा सञ्चालन गर्ने ४७ किलोमिटर लम्बाइको गोगर-खिम्ती २ सय २० केभी प्रसारण लाइन मुनि पर्ने क्षेत्रमा कुनै पनि प्रकारका स्थायी संरचना नबनाउन तथा भएका संरचना हटाउन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले आग्रह गरेको छ।
राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले प्रशारण लाइनको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरसम्म कुनै पनि प्रकारको निर्माण कार्य गर्न गराउन तथा विरुवा रोप्न निषेध गरिएको जनाएको छ।
जिल्लाको लामाबगर–ओराङ, बुलुङ, लादुक, लामिडाँडा, सुनखानी, नाम्दु, गैरीमुदी, भिरकोट, जफे र सहरेलगायत क्षेत्रमा प्रसारणलाइन निर्माणका लागि तोकिएको निश्चित क्षेत्रभित्र कुनै संरचना निर्माण गर्न पाइने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।