काठमाडौं- ललितपुरको कुमारीपाटीस्थित पशुपति सेभिङ एन्ड क्रेडिट लिमिटेडले कानुनविपरीत शंकास्पद कारोबार गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनलाई उल्लंघन गरेको भन्दै सहकारी विभागले उक्त संस्थालाई बुधबार १० लाख रुपैयाँ जरिवाना गरेको हो।
सिबी लामा संचालक समिति अध्यक्ष रहेको उक्त बचत तथा ऋण सहकारीमा श्रोत नखुलेको रकम कारोबार भएको भेटिएपछि विभागले कारबाही गरेको हो।
सहकारी विभाग श्रोतका अनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ विपरीत काम गरेकोले यो सजाय गरिएको हो।
पछिल्लो समय सहकारी सस्थामार्फत शंकास्पद कारोबार गरेको देखिएको भन्दै विभागले यस्तो कारबाही गरेको हो।
विभागलाई अरु विभिन्न सहकारी संस्थाहरुलाई पनि सम्पत्ति शद्धीकरणका विषयमा छानबिन गरिरहेको छ।
अरु सहकारी संस्थामा पनि शंकास्पद कारोबार देखिएको र ती संस्थाहरुलाई पनि कारबाही प्रकृया अगाडि बढाउने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।