• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुने समय अब ३ दिन बाँकी, कोष भन्छ- अटेर गर्नेलाई कारबाही गर्छौं

३७ सय रोजगारदाता र ६७ हजार श्रमिक मात्रै सूचिकृत
64x64
नेपाल लाइभ मंगलबार, असोज २८, २०७६  ०७:४५
1140x725

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता तथा योगदानकर्ता सूचिकृत भइसक्नुपर्ने समय नजिकिएको छ। असोज मसान्तसम्म अनिवार्य रुपमा सूचिकृत भइसक्नुपर्ने भन्दै सामाजिक सुरक्षा कोषले सूचना समेत प्रकाशित गरिसकेको छ।

आगामी बिहीबारसम्म सम्पूर्ण रोजगारदाता तथा श्रमिक कोषमा सूचिकृत भइसक्नु पर्नेछ। सोमबारसम्म कोषमा ३ हजार ७ सय १४ रोजगारदाता तथा ६७ हजार ६९ जना श्रमिक सूचिकृत भएको कोषले जनाएको छ। तथ्यांक हेर्दा हालसम्म कोषमा सूचिकृत भएका रोजगारदाता तथा श्रमिकको संख्या न्यून हो।  सोमबारसम्म कोषमा ५ हजार ५ सय ८२ रोजगारदाता तथा ८४ हजार ५ सय ५३ श्रमिक आबद्ध भएका छन्।

कोषमा सूचिकृत भइसक्नुपर्ने समय नजिकिँदै गर्दा कोषमा आवद्ध तथा सूचिकृत हुन आउने रोजगारदाता तथा श्रमिकहरुको संख्या बढ्दै गएको कोषका निर्देशक कपिलमणि ज्ञवालीले बताए।

पछिल्लो समय कोषमा आवद्ध तथा सूचिकृत हुन आउने श्रमिक तथा रोजगारदताको संख्या उत्साहजनक रहेको र असोज मसान्तसम्ममा कोषमा सम्पूर्ण योगदानकर्ता अनिवार्य रुपमा सूचिकृत भइसक्नुपर्ने उनको भनाइ छ।

असोज मसान्तभित्र सूचिकृत नहुनेलाई कारबाही
असोज मसान्तसम्म कोषमा सूचिकृत हुन अटेर गर्नेलाई कानुन अनुसार कारबाही गरिने कोषकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन्।

‘असोज मसान्तभित्र कोषमा सम्पूर्ण रोजगारदाता तथा योगदानकर्ता अनिवार्य रुपमा सूचिकृत भइसक्नु पर्दछ, तोकिएको समयभित्र कोषमा सूचिकृत नभएमा हामी कानुनअनुसार कारबाही गर्छौं, जसरी पनि कोषको दायरामा ल्याउँछौं,’ प्रवक्ता भट्टराईले नेपाल लाइभसँग भनिन्।

तोकिएको समयभित्र कोषमा सूचिकृत नभएमा त्यस्ता प्रतिष्ठान वा रोजगारदाताहरुलाई कर तिर्दा, नविकरण गर्दा वा अन्य विभिन्न कानुनी प्रक्रियाहरु पूरा गर्ने सन्दर्भमा रोक्का गरी सामाजिक सुरक्षा योजनामा अनिवार्य रुपमा सूचिकृत भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाइने कोषले जनाएको छ।

‘सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएसम्म त्यो प्रतिष्ठान नत नवीकरण हुन्छ, नत सरकारी सेवासुविधा नै पाउँछ। त्यसकारण सामाजिक सुरक्षा कोषमा सम्पूर्ण प्रतिष्ठान, रोजगारदाता तथा श्रमिक अनिवार्य रुपमा सूचिकृत हुनै पर्दछ,’ प्रवक्ता भट्टराईले थपिन्।

Ncell 2
Ncell 2

नेपालका सन्दर्भमा सामाजिक सुरक्षा योजना नयाँ अभ्यास भएकाले पनि योजनामा सूचिकृत हुन आउने रोजगारदाता तथा श्रमिकहरुको संख्या कम भएको उनको भनाइ छ।

‘बिस्तारै रोजगारदाता तथा श्रमिकमा कोषप्रतिको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ, जति बुझ्नु भएको छ उहाँहरु आफ्नै सुरक्षाको लागि कोषमा सूचिकृत हुन आइरहनु भएको छ। बाँकी रोजगारदाता तथा श्रमिकहरुलाई पनि यो योजनाका बारेमा स्पष्ट पार्न कोषले देशैभर विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गरिरहेको छ,’ प्रवक्ता भट्टराईको भनाइ छ।

के हो सामाजिक सुरक्षा योजना? 
'योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४' को दफा १० बमोजिम सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि कोषले ऐनको दफा ७० को उपदफा २ को अधीनमा रही सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को पहिलो संशोधन समेत भइसकेको छ।

उत्पादनशील उमेरमा कमाएको रकमको केही हिस्सा बचत गरी अशक्त अवस्थामा त्यसको प्रतिफल पाउनेगरी सारिएको योजना नै सामाजिक सुरक्षा योजना हो। यो योजनाले निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको सामाजिक सुरक्षालाई सुनिश्चितता प्रदान गर्दछ।

यो योजनामा आवद्ध हुनका लागि श्रमिकहरुको योगदानबाट मासिकरुपमा केही रकम कोषमा जम्मा गर्नुपर्दछ। श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक ११ प्रतिशत कट्टि गरी त्यसमा रोजगारदाताले २० प्रतिशत थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्दछ।

योगदानकर्ताको रकम कोषमा जम्मा हुन सुरु गरेपछि कोषले ल्याएका विभिन्न 'स्किम' अनुसारका सेवासुविधा श्रमिकहरुले प्राप्त गर्दछन्।

सामाजिक सुरक्षा योजनामा कस्ता छन् सुविधा?
सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधी उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनासहित ४ वटा सुरक्षा योजनाहरु अघि सारेको छ। 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले देहाय बमोजिमको सुविधा प्राप्त गर्नेछन्ः

  • चिकित्सकको परामर्श सेवा

  • अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क

  • रोगको परीक्षण तथा उपचार वापतको खर्च

  • औषधिको बिल बमोजिमको खर्च

  • योगदानकर्ता वा योगदानकर्ताकी श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च

  • अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्नसक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा वापतको शुल्क।

कोषमा आवद्ध श्रमिकहरु अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा वार्षिकरुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी निज भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ।

योगदानकर्ता (कोषमा आवद्ध श्रमिक) वा योगदानकर्ताकी श्रीमती तथा नवजात शिशुको उपचार खर्चको समेत व्यवस्था गरिएको छ।

शिशुको उपचारका लागि वार्षिकरुपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिने व्यवस्था छ। शिशुको उपचार खर्चमा योगदानकर्ताले कूल दावी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ व्यवस्था छ।

महिला योगदानकर्ता वा योगदानकर्ताकी पत्नी प्रसुति भएको अवस्थामा प्रसुति स्याहारको लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ र यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ। पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दावी गर्नसक्छन्।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा यस्ता छन् सुविधाः

  • दुर्घटना वापतको सुविधा

  • अशक्तता वापतको सुविधा

यस योजनामा कार्यास्थल दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी नीजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधा वापत मासिकरुपमा रकम पाउने व्यवस्था गरिएको छ।

रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ।

दुर्घटना वापतको सुविधा सामाजिक सुरक्षा कोषमा सूचीकरण भइ कोषले योगदान लिन प्रारम्भ गरेको मितिबाट लागू हुनेछ। योगदान गर्न छाडेपछि यो सुविधा प्रदान गरिने छैन।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत यदि योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई निम्न सुविधा प्राप्त हुनेछः

  • पति वा पत्नीले पाउने निवृत्तीभरण

  • सन्ततिले पाउने शैक्षिक वृत्ति

  • आश्रित बाबुआमाले पाउने सुविधा

  • अन्तिम संस्कार खर्च

योगदानकर्ताको पति वा पत्नीले निवृत्तीभरण पाउने
जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले जीवनभर निवृत्तीभरण पाउने व्यवस्था छ।

तर, योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगारको स्रोत रहेको अवस्थामा भने यो सुविधा दिइने छैन।

यसरी प्रदान गरिने निवृत्तिभरण रकममा बिमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिने व्यवस्था छ।

योगदानकर्ताको सन्ततिले शैक्षिक वृत्ति पाउने
योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजका १८ वर्ष उमेर पूरा नभएका सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्तिवापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछन्।

तर, एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम प्रदान गरिने उल्लेख छ। 

यदि कुनै श्रमिकका सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा २१ वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिने व्यवस्था छ। तर, निजको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन।

बाबु आमाले सुविधा पाउनसक्ने
योगदानकर्ताको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बाबुआमा भएको अवस्थामा भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजहरुको जीवनकालभर मासिकरुपमा प्रदान गरिनेछ।

वृद्धावस्था सुरक्षा योजना 
कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषवापत र ८ दशमलव ३३ प्रतिशत उपदानवापत समेत गरी जम्मा १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषवापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट कोषले वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्ने व्यवस्था छ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तभरण योजना र अवकाश सुविधा योजना रहेका छन्।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १ सय ८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने व्यवस्था छ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगदान रकम.एकमुष्ट रुपमा प्रदान गरिने व्यवस्था छ।

अवकाश सुविधाअन्तर्गत निवृत्तिभरण योजना लागू हुनुअगावै रोजगारीमा रहेका योगदानकर्ताले निवृत्तिभरणको लागि निवेदन नदिएमा दफा १९ को उपदफा (१) बमोजिम यस कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र सो योगदानमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउनेछ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजार २७ अंकले बढ्यो
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सेयर बजार २७ अंकले बढ्यो बिहीबार, माघ २२, २०८२
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल बिहीबार, माघ २२, २०८२
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’ बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्