काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको छ।
दुईवटा विकास बैंकको एक्विजिसनपछि असोज २७ गतेबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकिकृत रुपमा कारोबारसमेत सुरु गरेको छ।
एक्विजिसन प्रक्रियापछि राजेन्द्र प्रसाद श्रेष्ठ सञ्चालन समिति अध्यक्षका रुपमा चुनिएका छन् भने सञ्चालकहरुमा थानेश्वर पौडेल, डा ताराप्रसाद उपाध्याय, ई सुरज उप्रेती, मोहन चापागाईं र सुदर्शन गौतम रहेका छन्।
सो सम्बन्धमा शाइन रेसुङ्गाले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै जानकारी समेत गराएको छ।
यस्तो छ पत्रः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।