काठमाडाै- निर्वतमान सभामुख कृष्णबहादुर महरालाई विजया दशमीको अष्टमीका दिन पक्राउ गरेपछि उनको यो दसैं हिरासतमा बित्ने भएको छ।
अहिलेसम्मको अवस्था हेर्दा भोलीको नवमी र पर्सीको टिका पनि महराले हिरासतमा बिताउने देखिएको छ।
म्याद थप र मुद्दा दायरका लागि जिल्ला अदालत बन्द भएकाले उनी असोज २८ गतेसम्म थुनामै रहेन भएका हुन्।
अदालत कोजाग्रत पुर्णिमापछि मात्र खुल्ला हुने थियो । तर पुर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको शोक विदा असोज २७ गते अदालतमा विदा दिएपछी एक दिन लम्बने छ । उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ। जिल्ला अदालतले तत्काल आवश्यक पर्ने कामका लागि मात्र खुल्ला रहेको छ । पक्राउ पुर्जि र बन्दीको मुद्दाका लागि मात्र अदालत खुल्ला रहेको छ।
२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित म्याद थपका लागि उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दैै मुद्दाको प्रक्रिया अघि वढाउने छ । प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ । बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।
उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्। शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्राउ गरेको हो । असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्। दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।