• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कृषि विकास बैंक ह्याक प्रकरण : करिब २ करोड विदेशिएको खुलासा

नाइजेरियन ह्याकरदेखि मुख्य नेपाली एजेन्टसहित ७ अझै फरार
64x64
नेपाल लाइभ आइतबार, असोज १२, २०७६  १८:४२
1140x725

काठमाडौं- गत मंगलबार कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर भएको थियो। जसमध्ये करिब २ करोड रुपैयाँ ह्याकरले बाहिर लगिसकेको खुलासा भएको छ। 

बैंकको सिस्टम नै ह्याक गरेर पैसा निकाल्न संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले गत मंगलबार नै १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरूका साथबाट प्रहरीले ६० लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो। जसमध्ये ४० लाख ५० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने बाँकी रकम कैलालीमा बरामद भएको जनाएको थियो।

सिस्टम नै ह्याक गरेर व्यक्तिको खातामा जम्मा भएको मध्ये थोरै रकम मात्रै प्रहरीले त्यसबेला बरामद गरेको थियो। बाँकी रकम भने व्यक्तिको खातामा रहेको र उक्त रकम निकाल्न नमिल्ने बनाएको जनाएको थियो। तर प्रहरी अनुसन्धानका क्रममा अहिलेसम्म करिब २ करोड रुपैयाँ ह्याकरले बाहिर लगेको पाइएको छ। प्रहरी अनुसन्धानअनुसार करिब एक महिनादेखि कृषि विकास बैंक ह्याक गर्न थालिएको थियो। जसमा सुरुमा ३ लाख रुपैयाँ  गरेर नेपाली एजेन्ट नुवाकोटको मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लवाङ तामाङको खातामा ट्रान्सफर गरिएको थियो। 

त्यसपछि आफूले ३० हजार रुपैयाँ कमिसन लिएर २ लाख ७० हजार रुपैयाँ ह्याकरलाई भारत पठाएको उनले प्रहरीसमक्ष बयान दिएका छन्। ‘ह्याकरले त्यसबेला अर्बौं रुपैयाँ ह्याक गरेर लवाङको खातामा हाल्छु भन्दै थोरै पैसामा नलोभिई रकम पठाउनु भनेका रहेछन्,’ लवाङलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि कमिसन नै करोडौं रुपैयाँ आउने भएपछि लवाङले ३० हजार रुपैयाँ राखेर २ लाख ७० हजार ह्याकरलाई पठाएको पाइयो।’

यसरी अन्य व्यक्तिले समेत पटक पटक गरी २ करोडभन्दा रकम बाहिरिएको पाइएको प्रहरी स्रोत भनाइ छ। एकपटक ८ लाख, अर्कोपटक १९ लाखलगायत पटकपटक गरेर अहिलेसम्म झन्डै २ करोड रुपैयाँ ह्याकरले नेपालबाट लगिसकेको पाइएको स्रोतको भनाइ छ। यद्यपि बैंकले भने उक्त कुरा लुकाउँदै आएको छ। बैंकका महाप्रबन्धक दीर्घ अर्यालले गत मंगलबार अपराध महाशाखामा भएको पत्रकार सम्मेलनमा ह्याक भएको सबै रकम सुरक्षित भएको दाबी गरेका थिए। उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रहरीको सक्रियताले हाम्रो सबै रकम जोगियो।’

करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर हुँदासमेत बैंकले कुनै सुइँकोसम्म पाएको थिएन। प्रहरीले नै खबर गरेर हेर्न भन्दासमेत उनीहरूले आफ्नो बैंक ह्याक नभएको बताएका थिए। पछि जाँच गरेपछि करोडौं रुपैयाँ ह्याक भएको पाइएको थियो। 

ह्याकरका नेपाली एजेन्ट अझै फरार
ह्याकरका मुख्य नेपाली एजेन्ट लवाङ रहेको बताइए पनि लवाङलाई ह्याकरसँग सम्पर्क गराइदिने व्यक्ति भने अर्कै छन्। उनी हुन् धादिङ घर भई गोंगबु बस्ने ५० वर्षीय खम्ब घले।

Ncell 2
Ncell 2

खम्बले ह्याकर 'काले हप्सी' भनिने पिटर हर्मन हासेङसँग लवाङलाई सम्पर्क गराइदिएका थिए। पिटर नाइजेरियन नागरिक भएको अनुसन्धानबाट खुलेको छ। उनकै योजनामा नेदरल्यान्डको आइपीमा भिपिएन प्रयोग गरेर बैंक ह्याकिङ गरिएको थियो।

लवाङलाई पिटरसँग सम्पर्क गराइदिने खम्ब भने अझसम्म फरार छन्। उनको सुइँको प्रहरीले पाउन सेकेको छैन। उनीसहित अहिलेसम्म ह्याकिङमा संलग्न भएका थप ६ जना पक्राउ पर्नै बाँकी रहेको प्रहरीले जनाएको छ। ‘अहिलेसम्म पहिचान भएकामध्ये ७ जना पक्राउ पर्नमा बाँकी नै छन्,’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘यस प्रकरणमा थप अरु पनि संलग्न हुन सक्छन्। हामी अनुसन्धान गर्दै छौं।’

'यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन, केही सीप नलागेपछि बैंक लुट्न थालियो'
पक्राउ परेका लवाङले पैसा कमाउन केही सीप नलागेपछि ह्याकरको सम्पर्कमा पुगेको र बैंक लुटमा संलग्न भएको प्रहरीसमक्ष बताएका छन्। उनकी श्रमीती जापान छन् भने छोरा क्यानाडा छन्। दुबै जनालाई विदेश पठाउँदा लाखौं रुपैयाँ ऋण लागेको र उक्त ऋण तिर्न केही सीप नलागेपछि ह्याकरको सम्पर्कमा पुगेको बयान दिएका छन्।

लवाङले माइजू नाता पर्ने तर यही प्रकरणमा हिरासतमै रहेकी लक्ष्मी तामाङलाई मात्रै २७ लाख रुपैयाँ तिर्नु छ। 

‘साहुले पैसा मागेको माग्यै गर्ने’ लवाङको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो गर्दा पनि हुँदैन उसो गर्दा पनि हुँदैन। साहुले पैसा मागेको माग्यै छ। बाध्य भएर यस्तो काममा संलग्न हुन पुगे।’

त्यसो त पत्रकार सम्मेलनमै लवाङलाई आफूलाई कुनै ग्लानी नभएको संकेत दिएका थिए। प्रहरीले मास्क लगाएर सार्वजनिक गरेको बेला उनले मास्क खोल्दै ह्याकिङ नेपाली एजेन्ट आफू भएको बताएका थिए।

१७ जना पक्राउ, पक्राउ पर्लान् नाइजेरियन ह्याकर?
प्रहरीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा आइतबार मात्रै बैंकको लहान शाखाका लोन प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरेको छ। उनी यो प्रकरणमा पक्राउ परेका १७औं व्यक्ति हुन्। यसअघि प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको थियो। 

त्यस्तै यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।

भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो।

गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ। 

यसअघि प्रहरीले गत मंगलबार १२ जनालाई पक्राउ गरेको थियो। जसमा नुवाकोटको मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका–२ काभ्रेस्थीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपाकिला–५ का २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्का छन्। 

त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका–३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका–९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका–४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीइ शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका–३ का २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन्।

योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। तर यसका मुख्य एजेन्ट नाइजेरियन नागरिक पिटर भने अझसम्म फरार छन्। उनकै योजनामा बैंक ह्याक भएको थियो। उनले भारतमा बसेर ह्याक गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। यद्यपि ह्याकिङको आइपी एड्रेस भने नेदरल्यान्ड देखिएको थियो।

उनका बारेमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसबारे स्रोतले भन्यो, ‘मुख्य व्यक्ति को हुन् भन्ने पहिचान भइसकेको छ। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गर्छ।’

यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले करिब २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्। मुख्य ह्याकर फरार हुन् र पैसा बोक्ने मात्रै पक्राउ पर्नुले अझै पनि बैंकहरु उत्तिकै जोखिममा रहेको देखिन्छ।

थप समाचार 
ह्याकरले फेरि लुटे कृषि विकास बैंकको करिब २ करोड, ३ जना रकम निकाल्दै गर्दा काठमाडौंबाट पक्राउ

रेमिट्यान्सका कर्मचारीको शंकाले जोगायो ५ अर्ब, आमा र छोराछोरी नै ह्याकिङमा संलग्न

बैंक ह्याकमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- ५ अर्ब ह्याक गर्ने योजना बनाइएको रहेछ

एक महिनादेखि ह्याकरले लुट्दै आएका थिए कृषि विकास बैंक, ५ करोडभन्दा बढी लुटियो

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्