काठमाडौं- प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकरबाट करिब ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार योभन्दा धेरै रकम ह्याक गर्ने र लुट्ने योजना बनाएको देखिएको हो।
महानगरीय प्रहरी अपराध महाशाखाले प्रारम्भिक अध्ययनबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको जनाएको छ। यसैगरी पानस रेमिट, नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ।

रकम लुट्ने व्यक्तिहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत भारत पठाउने गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा १२ जनामा नुवाकोटकोमेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका–२ काभ्रेस्थीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपाकिला–५ का २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्का छन्।
त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका–३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका–९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका–४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीइ शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका–३ का २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन्।
काले भनिने विदेशी नागरिक पिटरको योजनामा रकम लुट्ने योजना बनाइएको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।