• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रेमिट्यान्सका कर्मचारीको शंकाले जोगायो ५ अर्ब, आमा र छोराछोरी नै ह्याकिङमा संलग्न

भारतमा बनेको योजना यसरी भयो फेल
64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १८:३१
1140x725

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम लुट्न संलग्न भएको आरोपमा अहिलेसम्म १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

सिरहाको लहानस्थित बैंकको कार्यालयबाट उनीहरूले ४ करोड ७३ लाख ९६ हजार ह्याक गरेर विभिन्न व्यक्तिका खातामा ट्रान्सफर गरिसकेका थिए भने केही रकम निकालिसकेका थिए। पक्राउ परेकाहरूबाट प्रहरीले ४० लाख ५० हजार रुपैयाँ भने बरामद गरिसकेको छ। उनीहरू पक्राउ परेसँगै थप रहस्य खुल्दै गएका छन्।

एकै परिवारका ३ जना पक्राउ, 'काले' भन्ने पिटर फरार
पक्राउ पर्ने १२ जनामा  नुवाकोटको मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लबाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका-५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपालिका-५ की २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका-२ का ४२ वर्षीय पुष्पराज खड्का छन्। 

त्यसैगरी, लमजुङको दोर्दी गाउँपालिका-३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका-९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका-४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीय शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका-३ का २२ वर्षीय विजय साह र भजनी-१ कै ४५ वर्षीय चन्द्रबहादुर बुढा छन्। उनीहरूमध्ये लक्ष्मी तामाङ, निर्मला तामाङ र निमा तामाङ तीन आमा छोराछोरी हुन्। लक्ष्मी आमा हुन् भने निर्मला उनकी छोरी र निमा छोरा हुन्।

त्यस्तै भारतीय नागरिक शुबन्करले काठमाडौंमा सुन पसल सञ्चालन गर्ने र यसरी लुटिएको रकम हुन्डीमार्फत भारत पठाउने गरेको पाइएको छ। 

साह र बुढा भने कैलालीबाट पक्राउ परेका हुन्। उनीहरूले कैलालीको भजनीबाट १९ लाख रुपैयाँसमेत निकालेको देखिएको छ। 

घटनाका मुख्य योजनाकार भनिएका अफ्रिकन मूलका जस्ता देखिने काले हप्सी भन्ने पिटर भने फरार छन्। यसमा संलग्न अन्य पनि थुप्रै हुन सक्ने प्रहरीले जनाएको छ।

यसरी खुल्यो ह्याकरको पोल
काठमाडौं स्युचाटारका धर्मराज पौडेलले नयाँ-बानेश्वरमा पानस नामक रेमिट कम्पनी सञ्चालन गर्दै आएका छन्। उनको रेमिटमा भदौ ५ गते सुवीन्द्र मानन्धर, डोल्मा तामाङ, नीमा तामाङ, सञ्जय घले, निर्मला तामाङलगायतको समूहमा आएकाहरूले ४ लाख २० हजार रुपैयाँ निकालेका थिए।

Ncell 2
Ncell 2

उनीहरूले रकम निकाल्ने बेला गरेको कुराकानी र हाउभाउ समेत प्रहरीले अध्ययन गरेको थियो। सो क्रममा पनि केही शंकास्पद गतिविधि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूको कानेखुसीले शंकाको 'क्लु' रेमिटका कर्मचारीले थाहा पाइसकेका थिए। ह्याक गरेर रकम निकालिएको होला भन्ने लागेर रेमिटका म्यानेजर सविता कँडेलले यसबारे महानगरीय प्रहरी अपराध महाशाखालाई मौखिक उजुरी दिएकी थिइन्। 

उक्त सूचनापछि खटिएको महाशाखाको प्रहरी टोलीले काठमाडौंको बालाजुमा रहेको बिएनएस सब-रेमिटबाट भदौ ५ गते सञ्जय घलेले पनि रकम निकालेको जानकारी पाएको थियो। त्यसपछि प्रहरीले घलेलाई भदौ ५ गते दिउँसो साढे ४ बजे पक्राउ गरेको थियो। पक्राउ परेका घलेले माइजु नाता पर्ने लक्ष्मी तामाङले रेमिटबाट रकम निकाल्न कोड नम्बर दिएको र उनकै आदेशमा ६० हजार रकम निकालेको प्रहरीलाई बयान दिए।  

घलेकै बयानका आधारमा प्रहरी लक्ष्मीसम्म पुगेको थियो। लक्ष्मीलाई भदौ ५ गते साढे ६ बजे महाशाखाको टोलीले तारकेश्वरबाट पक्राउ गर्न सफल भएको थियो। ‘मैले लबाङ तामाङसँग २७ लाख रुपैयाँ लिनु थियो,’ लक्ष्मीले प्रहरीसमक्ष भनेकी छन्, ‘रकम माग गर्दा लबाङले मेरा मान्छेहरूले तिम्रा मान्छे, सञ्जय घले, छोरी निर्मला तामाङ, छोरा निमा तामाङ र सुवीन्द्र मानन्धरको नाममा ६० हजार रुपैयाँका दरले रकम पठाएको छु भनेका थिए। उनीहरूको नागरिकता र मोबाइल नम्बर लिएर रकम निकाल्न जानु भनेर लबाङले भने। लबाङले दिएको कोडअनुसार मैले २ लाख ४० हजार रुपैयाँ निकालेकी हुँ।’ 

उक्त रकम शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ पुर्जी थमाएको थियो। उनीसँगै पैसा निकाल्न गएका उनका एक छोरा र एक छोरी पनि त्यसैबेला पक्राउ परेका थिए।

यसरी पक्राउ परे ह्याकिङका नेपाली एजेन्ट लबाङ
लक्ष्मी पक्राउ परेपछि प्रहरीले उनीमाथि सोधपुछ गरेको थियो। लक्ष्मीले नै लबाङका बारेमा सम्पूर्ण जानकारी प्रहरीलाई दिएकी थिइन्। लबाङ बस्ने ठेगानादेखि उनको पेशासमेत पत्ता लगाएको प्रहरीले भदौ ६ गते बिहान ५ बजे काठमाडौंको लोलाङ मिलनबस्तीबाट लबाङलाई पक्राउ गर्यो। 

लबाङ कार्की थरका एक व्यक्तिको घरमा डेरा लिएर बसेका थिए। लबाङले भाडामा लिएको फ्ल्याट प्रहरीले खानतलासी गरेको थियो। जहाँ लबाङसहित कारसाङ, डोल्मा तामाङ, सोनाम तामाङ, धनबहादुर तामाङको १/१ थान राहदानीसमेत फेला परेको प्रहरी स्रोतले जनाएको छ। उनीहरू पनि यस घटनाको मतियार हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

लबाङको कोठाबाट बा ३३ प ८०६९ नम्बरको सवारी दर्ता किताब, लबाङको नाममा रहेको लाइसेन्स, लबाङकै नाममा रहको माछापुच्छ्रे र नबिल बैंकको ३ थान एटिएम, आइएमई कोड ७२५८१७४७ नम्बर भएको कस्टमर कार्ड १ थान, कृषि विकास बैंकको चेकको अर्धकट्टी १ थान, २३ वटा चेक भएको १ थान चेकबुक, मोबाइल सेट, ट्याब, ल्यापटप, अन्य बैंकका चेक, बरामद गरेको थियो। त्यस्तै पानस रेमिट नयाँ बानेश्वरको कागज, नबिल बैंकको भौचरलगायतका सामान फेला पारेर उनलाई पनि पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा लबाङले धादिङ घर भई गोंगबु बस्ने ५० वर्षीय खम्ब घले भन्ने व्यक्तिसँग चिनजान भएको बताएका थिए। खम्बले काले हप्सी भन्ने अफ्रिकन नागरिक पिटरसँग चिनजान छ, तिमी कुराकानी गर। पैसा कमाउन सजिलो हुन्छ भनी ह्वाटस् एपमार्फत् आफूलाई सम्पर्क गराएको बयान लबाङले दिएका छन्। 

पिटरले ५० मिलियन डलर अर्थात् ५ अर्बसम्म ह्याक गरेर व्यक्तिको खातामा हाल्न सकिने र उक्त रकम निकालेर आफूलाई पठाए १० प्रतिशत कमिसन दिने बताएको लबाङले बताएका छन्। 

अनुसन्धान अधिकारीका अनुसार उनीहरूको कुराकानीबाट उक्त कुरा पुष्टि पनि हुन्छ। त्यसका लागि कृषि विकास बैंकमा खाता खोल्नु पर्ने पिटरले बताएका थिए। सोही अनुसार लबाङले खाता खोलेर अन्य व्यक्तिलाई पनि उक्त बैंकमा खाता खोल्न लगाएका थिए। सोही अनुसार निकालिएको ३१ लाख रुपैयाँ लबाङले विभिन्न व्यक्तिबाट लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

गोदामको दराजमा भेटियो ३१ लाख
उक्त ३१ लाख रुपैयाँबारे प्रहरीले लबाङसँग सोधपुछ गरेको थियो। लबाङले काठमाडौं कीर्तिपुरमा रहेका पुपराज खड्का आफ्नो साथी भएको र उनलाई उक्त पैसा राख्नभन्दा आफूले सञ्चालन गरेको जडबुटीको गोदाम रेखदेख गर्न बसेको विद्यासागर लामिछानेलाई लगेर दिनु भनेको बताएका थिए। 

सोही अनुसार लबाङले ३१ लाख रकम कालो झोलामा राखेर पुष्पराज खड्काको जडिबुटीमा गोदाममा बसेका लामिछनेलाई दिएको बताएका थिए।

भदौ ६ गते बिहान साढे ६ बजेको गोदाममा रहेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। लामिछाने बस्ने कोठा खानतलासी गर्दा दराजमा कालो झोलामा ३१ लाख रुपैयाँ राखेको अवस्थामा फेला परेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

लामिछानेले 'उक्त रकम साहु खड्काले चिनजान भइरहेका लबाङ तामाङले ल्याइदिन्छन्, सुरक्षितसाथ राख्नू' भनेकाले आफूले राखिदिएको बयान दिएका छन्। पछि लामिछानेकै सहयोगमा खड्का पनि पक्राउ परेका थिए। 

भारतमा बनेको थियो बैंक लुट्ने योजना
प्रहरी अनुसन्धानबाट भारतमा मिटिङ बसेर लुट्ने योजना बनेको देखिएको छ। यसबारे महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘भारतमा एक महिनाअघि नै मिटिङ गरेर लुट्ने योजना बनाएको देखिन्छ। त्यसका लागि नेपालबाट पटकपटक मान्छे गएका छन्।’

पिटरले बैंक सजिलै ह्याक गर्न सकिने र त्यसबापत १० देखि ३५ प्रतिशत नेपाली एजेन्टलाई दिने बताएका थिए। जसका लागि उनले लबाङको सहयोग लिएको बताइएको छ। लबाङले कृषि विकास बैंकमा खाता खोल्न लगाएपछि पक्राउ परेका अन्य व्यक्तिले खाता खोलेका थिए।

बैंकका कर्मचारीमाथि छानबिन सुरु, एकै युजर आइडी ६ पटकसम्म प्रयोग गरेर ह्याक
ह्याक गरेर रकम निकालिएको बारे छानबिन गर्न कृषि विकास बैंकले एक समिति गठन गरेको छ। बैंकका महाप्रबन्धक दीर्घ अर्यालले उक्त रकम सिरहाको लहान शाखाको मात्रै भएको बताए। पत्रकार सम्मलेनमा बोल्दै अर्यालले यसमा कर्मचारीको मिलेमतो हुन सक्छ भन्ने शंका लागेर लहान शाखाका सम्पूर्ण कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखिएको बताए। सँगै उनीमाथि पनि बैंकले अनुसन्धान गर्ने उनले बताए।

लहान शाखामा साउन र भदौको आम्दानी र ब्याज रकम ४ करोड ७३ लाख ९६ हजार भएकाले ह्याकरले सबै रकम व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए। लहान शाखाकै युजर आइडी ६ पटकसम्म प्रयोग गरेर रकम ट्रान्सफर गरेको अनुसन्धानमा देखिएको छ। जसकारण कर्मचारीको मिलेमतो हुन सक्ने आशंका बैंक र प्रहरी दुवैले गरेका छन्।

अन्य शाखामा कुनै समस्या नभएकाले ढुक्कले काम गर्न उनको आग्रह थियो। विश्वकै तेस्रो सुरक्षित सफ्टवेयर बैंकले प्रयोग गर्दै आएको दाबी गरेको थियो। तर ह्याकरको निशानाबाट भने बच्न सकेन।

कृषि विकास बैंकको १५ लाख रुपैयाँ कैलाश बैंकमा ट्रान्सफर गरेको समेत पाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्