काठमाडौं– पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई सेनाले पक्राउ गरेको छ ।
चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो ।
सेनाले वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई पर्सा प्रहरीमा बुझाएको छ । उनीहरुका साथबाट ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार, सुँगुरको टाउको बरामद भएको छ ।
‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं ।’
सेनाका अनुसार उनीहरुको साथबाट नौ थाल सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।