काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको गाडीमा भेटिएको वस्तुबारे खुलाएन । त्यसका लागि पत्रकार सम्मेलन गरिने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।