• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेक बाउन्स-५ : ठग्ने र ठगिने दुवै भिआइपी!

64x64
नारायण अधिकारी शनिबार, जेठ ११, २०७६  १३:००
1140x725

काठमाडौं- प्रदेश ४ प्रमुख बाबुराम कुँवरकी पत्नी सीता प्रसाईं हरेक हप्ताजसो महानगरीय प्रहरी प्रहरी परिसर टेकु धाउँछिन्। उनी प्रहरीकोमा यसरी धाउनुको कारणे हो, चेक बाउन्स।

लाखौं रकम बराबरको चेक बाउन्स भएको भन्दै उनले महानगरीय प्रहरी परिसरमा चेक बाउन्सको उजुरी दर्ता गराएकी छिन्। यसरी उनी हरके हप्ताजसो चेक बाउन्स भयो भन्दै प्रहरीको गएर उजुरीको फलो गर्ने गरेकी छिन्। आफू पीडित भएको बताउँछिन्।

निर्जला विमली सेढाईं, रमेशलाल राजभण्डारीलगायत आधा दर्जनभन्दा बढी व्यक्तिले आफूलाई ठगेको प्रसाईंको भनाइ छ। यसरी करोडभन्दा बढी ठगिएको भन्दै प्रसाईंले उजुरी दिएकी हुन्। 

प्रसाईं ठगिएको भनिएको भित्री कुरा भने निकै रहस्यमय छ। प्रहरी स्रोतका अनुसार उनले ढुकुटी खेलाउने, मिटर ब्याजमा रकम लगानी गर्ने गर्छिन्। उनले कानुन विपरीत ढुकुटी र मिटर ब्याजमा लगानी गर्ने गरेको सूचना पाए पनि प्रहरीले भिआइपी व्यक्ति भएकै कारण केही गर्न सकेको छैन।

ढुकुटी खेल्दा प्रसाईंबाटै लिएको चर्को ब्याज तिर्न नसकेको भन्दै केही समय पहिला केही व्यक्ति प्रहरीकोमा पनि पुगेका थिए। प्रहरीले प्रमाण नपुगेको भन्दै प्रसाईंलाई कारबाही गरेन। अहिले पनि उनी हरेक हप्ता चेक बाउन्स भयो भन्दै प्रहरीकोमा धाउने गर्छिन्।

यसरी भिआइपी व्यक्तिको आडमा बसेर प्रसाईंजस्ता धेरै व्यक्तिले चेक बाउन्स गराउने र माटो रकम असुल्ने गरेको पाइएको छ। व्यवहारिक रुपमा पीडित भनिएका नै ठग हुन्छन्। तर प्रमाणमा पीडित नै भएपछि प्रसाईजस्ता भिआइपी व्यक्तिले चेक बाउन्सको फाइदा उठाउँदै आएका काठमाडौं परिसरकै एक उच्च अधिकारी बताउँछन्।

चेक बाउन्सका अर्का भिआइपी पीडित हुन् पूर्व राजा वीरेन्द्र शाहसँग नाता जोडिएका व्यक्ति अन्नपूर्ण राणा। राणा वीरन्द्रकी छोरी सु्रतीकी नन्द हुन्। उनी पनि लाखौं रुपैयाँको चेक बाउन्स भएको भन्दै प्रहरीको धाउने गर्छिन्। यी भिआइपी चेक बाउन्स पीडितका नमूना मात्र हुन्। 

भिआइपी भएरै चेक बाउन्सको नाममा ठगी गर्ने पनि छन्। दोलखाका दिनेश कोइराला भिआइपीको नाम लिँदै ठगी गर्ने व्यक्ति हुन्। उनलाई चेक बाउन्स गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ समेत गरेको थियो। उनले आफू दोलखा कांग्रेसका पूर्वसभापति तारा कोइरालानिकट भन्दै ठगी गरेका थिए। उनी विरुद्ध १ करोड भन्दा बढी रकम ठगेको आरोप लागेको छ। पक्राउ परेका उनी धरौटीमा रिहा भइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सर्वसाधारणदेखि भिआइपी व्यक्तिसम्मलाई ठगी गरेका छन्। पूर्वसेनापति प्याराजंग थापाका छोरा कवीरजंग थापा र प्रहरीका पूर्वअधिकृतलाई समेत उनले ठगी गरेको खुलेको थियो। 

चेक बाउन्सको आरोप खेप्ने अर्का भिआइपी व्यक्ति हुन् ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल। गौशालामा इडन गार्डेन स्कुल सञ्चालन गर्दै आएका नेपालले स्कुल भवनको भाडा भनेर दिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि घरबेटी नरेशकुमार न्यौपानेले प्रहरीमा उजुरी दिए। 

उनको उजुरीको आधारमा नेपाललाई वैशाख १० गते प्रहरीले पक्राउ गर्‍यो। तर यो आरोप सत्य नभएको नेपालको दाबी छ। उनले भनेका छन्, ‘भाडाबापत ६ लाख दिएको तर पछि ६ लाख रुपैयाँ नगद नै दिएर चेक फिर्ता गर्न भनेको थिएँ। चेक आज बिर्सिएँ। भोलि ल्याउँछु भनेर पछि चेक बाउन्स गरेर उल्टै फसाइयो।’ उनी वैशाख २७ गते २ लाख धरौटीमा रिहा भएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर ६ लाख बाउन्स भयो भनेर उजुरी दिएका पीडितले भने रकम पाउन सकेका छैनन्।

त्यस्तै सबैभन्दा पछिल्लो चेक बाउन्सको भिआइपी घटना मोडल खुस्बु ओलीसँग सम्बन्धित छ। सप्तरीका गोपाल कटुवालले २ वर्षअघि ३६ लाख रुपैयाँ खुस्बुलाई दिएका थिए। उक्त रकम तिर्न भन्दै ३६ लाखको चेक खुस्बुले गोपाललाई दिएकी थिइन्। पछि चेक बाउन्स भएपछि गोपालले खुस्बुविरुद्ध जिल्ला अदालत काठमाडौंमा 'चेक अनादार'को मुद्दा दायर गरेका थिए।

सोही मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बु ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। फैसला अनुसार मोडेल ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालत काठमाडौँको ठहर छ।

तर ओलीले चेक बाउन्सको उजुरीबारे अदालतले आफूलाई कुनै सूचना नै नदिएको दाबी गरेकी छन्। ‘मैले यसबारे कोर्टबाट एउटा लेटर पनि पाएको छैन। म्यादका लागि पनि बोलाएको जानकारी छैन’ उनले भनिन्, ‘बैंकसँग पहिले नै कटआउट भएर मैले पत्र पनि पाइसकेको छु।’ अदालत गएर बाँकी प्रक्रिया चाल्ने उनको भनाइ छ।

त्यस्तै काठमाडौं तारकेश्वर नगरपालिकाका मनोहर तिवारी र सुनसरीका अनिल विश्वकर्माजस्ता चेक बाउन्सका ठूलो रकम ठगी गर्ने विरुद्ध पनि पटकपटक प्रहरीमा उजुरी पर्दै आएको छ। 

विश्वकर्माले ७ करोड रुपैयाँ र तिवारीले ४ करोड रुपैयाँ ठगी गरेको भन्दै केही समय अघि काठमाडौं प्रहरीमा उजुरी समेत परेको थियो। उनीहरु दुबै जनाले घरजग्गा कारोबार, मिटर ब्याजमा पैसा लगाउन भन्दै रकम उठाएर ठगी गर्ने र रकम फिर्ता गर्न भनेर दिएको चेक बाउन्स हुने गरेको थियो। 

यसरी पछिल्लो समय करोडौं रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै प्रहरीमा उजुरी पर्ने गरेको छ। यसबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले कार्यभार सम्हालेको केही दिनमै पत्रकार सम्मेलन गरेरै चेक बाउन्सका नाममा हुने विकृति प्रहरीले रोक्ने बताएका थिए। पत्रकार सम्मेलनमा उनले भनेका थिए ‘चेक बाउन्सका अधिकांश घटनामा मिटर ब्याज, ढुकुटी, घरजग्गा कारोबार र ठगीसँग जोडिने गरेको पाइएको छ। यसबारे  प्रहरीले सुक्ष्म निगरानी राखेर कारबाही गर्छ।’

यसरी चेक बाउन्सबाट पीडित हुने व्यक्ति सर्वसाधारण मात्रै छैनन्। यसबाट शिक्षित र भिआइपी भनिएका व्यक्ति नै पीडित बनेका उदाहरण धेरै छन्। त्यस्तै, ठगी गर्ने व्यक्ति पनि भिआइपी नै छन्। 

प्रहरीले चेक बाउन्सको मुद्दा हेर्न थालेपछि अधिकांश कारोबार चेकमार्फत हुने र विश्वासका लागि भन्दै खाली चेकमा समेत हस्ताक्षर गरेर दिने, मिटर ब्याजीले चेकमार्फत् रकम लेनदेन गर्ने र त्यसको दुरुपयोग गर्दै चेक बाउन्स हुने घटना नौला होइनन्।

यो पनिः 

चेक बाउन्स-१ : प्रहरी कार्यालयमा उजुरीका चाङ, अभियुक्तले भरिभराउ हिरासत

चेक बाउन्स-२ : ३५ लाखको चेक बैंकमै फालेर फरार, २ करोडको चेक प्रहरीलाई

चेक बाउन्स-३ : ८५ लाख ऋण दिएर २ करोड असुल्ने सहकारीको दाउ

चेक बाउन्स-४ : मोडल खुस्बुलाई ३ महिना कैद फैसला

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्