काठमाडौं — जेनजी अभियन्ता तनुजा पाण्डेले झापा–५ मा गत संघीय निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेलेका इनाम सापकोटाको प्रशंसा गर्द प्रधानमन्त्री बालेन शाहप्रति कटाक्ष गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसवुकमा लेख्दै विचौलियाको रुपमा पक्राउ परेका इमल को हुन् भन्ने बताउन उक्त कटाक्ष गरेकी हुन् । उनले संघीय निर्वाचनमा उनी खटिएको कुरा उल्लेख गरेकी छन् । ‘ दमक–५ स्थित धनेश्वर चोक र आम्दा अस्पतालबीचको पुरानो घर भएका सापकोटाले निर्वाचनका बेला रास्वपा उम्मेदवारलाई जिताउन एउटा टोलीको नेतृत्व गर्दै प्रचारप्रसारमा निकै मेहनत गरेका थिए’ उनले लेखेकी छन‘ आफ्नो उम्मेदवारलाई विजयी गराउन सापकोटाले देखाएको लगनशीलता, प्रतिबद्धता र सक्रियता प्रशंसनीय रहेको चर्चा भइरहेका बेला जेनजी अभियन्ता पाण्डेको कटाक्ष आएको हो। उक्त निर्वाचन क्षेत्रवाट प्रधानमन्त्री शाह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेर निर्वाचित भएका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।