• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

केपी ओली सरकारलाई काभ्रेमा आन्तरिक विमानस्थलको 'मोहनी' कसले लगायो?

64x64
उत्तम काप्री मंगलबार, वैशाख २४, २०७६  २०:४४
1140x725

काभ्रेको नागीडाँडा। यो स्थानमा वैकल्पिक विमानस्थल बनाउने संभाव्यता अध्ययन तथा निरीक्षण गर्न गत जेठ ४ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पुगेको थियो।


काठमाडौं- केपी ओली सरकार गठन भएको २ महिना नबित्दै अर्थमन्त्री युवराज खतिवडाले स्वेतपत्र जारी गर्दै सम्भाव्यता अध्ययन नभएका आयोजनामा रकम विनियोजन नगर्ने उद्घोष गरेका थिए।

तर, चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रममा उनै अर्थमन्त्री खतिवडाले केही सीमित व्यक्ति र प्रधानमन्त्रीको दबाबमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय समावेश गरे। लगत्तै २०७५ जेठ १५ मा चालू आवको बजेट भाषणमा पनि युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दै गएको भन्दै काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निमार्णका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका थिए। 

बजेट भाषणमा काभ्रेको ठुलीचौर वा अन्य कुनै ठाउँमा आन्तरिक विमानस्थल बनाउन आवश्यक अध्ययन गर्ने जिम्मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिए। 

मन्त्रीको निर्देशनपछि प्राधिकरणले काभ्रेको ठुलीचौर र नागीडाँडामा अध्ययन गर्न टोली गठन गरेको थियो। अध्ययन टोलीले ठुलीचौरमा विमानस्थल बनाउँदा आर्थिक भार पर्ने र नागिडाँडा स-सना जहाजका लागि आन्तरिक विमानस्थल बनाउने उपयुक्त रहेको सामान्य अध्ययनबाट निष्कर्ष निकालेको थियो।

अध्ययन टोलीको निष्कर्षपछि प्राधिकरणले चालू आवको बजेटबाट विमानस्थल निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययनका लागि १ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको थियो। तर, प्रधानमन्त्री कार्यालय र मन्त्रालयको निर्देशनमा सम्भाव्यता अध्ययन नै नभएको विमानस्थल निर्माण प्रक्रिया थालनीका लागि भन्दै प्राधिकरणले दबाबमा २५ करोड रुपैयाँ विनियोजन गरेको थियो।

प्राधिकरणले २०७५ भाद्र ३ गते आयोजना गरेको प्राधिकणको बजेट अन्तक्रिया कार्यक्रममा समेत पत्रकारहरुले नागिडाँडा विमानस्थलको लागि विनियोजित भएको रकमको विषयमा प्रश्न खडा गरेका थिए। 

पत्रकारका प्रश्नमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले मन्त्रालयको निर्देशनपछि विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ रकम विनियोजन भएको स्वीकार गरेको थिए। तर, प्राधिकरणले विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गरेर मात्रै आवश्यक जग्गाको मुआब्जा रकम वितरण गर्ने महानिर्देशक गौतमले बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरणका लागि वैकल्पिक आन्तरिक विमानस्थल आवश्यक रहेको हुँदा आफूहरु सोहीअनुसार अगाडि बढेको भनाइ उनको थियो। तर, रकम विनियोजन भएको छ भन्दैमा प्राधिकरणले जताभावी वितरण नगर्ने गौतमले स्पष्ट पारेका थिए। 

जबकी देशको हवाई क्षेत्र सुधारका लागि तत्कालीन मन्त्री अधिकारी आफैँले सुझाव लिन भन्दै गठन गरेको विज्ञ समूहले पनि पाँच वर्षभित्र कुनै पनि आन्तरिक विमानस्थल निर्माण गर्न आवश्यक नरहेको सुझाव दिएको थियो।

विज्ञ समूहको सुझावपछि मन्त्री अधिकारी विस्तारै काभ्रेको नागीडाडाँमा विमानस्थल बनाउने निर्णयबाट टाढिन थालेका थिए। 

दुर्भाग्य! गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीले ज्यान गुमाउन पर्‍यो। अधिकारीको निधन पछि पुनः काभ्रे-२ बाट विजयी भएर सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका गोकुल बाँस्कोटले विस्तारै मत्थर हुँदै गएको काभ्रेमा विमानस्थल निर्माणको कुरालाई पुनः बहसमा ल्याए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्री बाँस्कोटाले केही समयअघि काभ्रे धुलिखेलको ठुलीचौर र नाँगीडाडामा विमानस्थल बन्न सम्भव नभए पनौती आसपासमा भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा आन्तरिक विमानस्थल बनाउने उद्घोष गरेका छन्।

यो सँगै सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि भन्दै ल्याएको निति तथा कार्याक्रममा पुनः काभ्रेमा विमानस्थल बनाउने नीति अघि सारको छ।

तत्कालीन मन्त्री अधिकारी पछि हटेको र उनको निधनपछि पुनः काभ्रेमा विमानस्थल निर्माणका लागि केही व्यक्तिले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई दबाब दिँदै आएका छन्। 

तर, सरकारले हवाई क्षेत्र सुधारका लागि भन्दै गठन गरेको विज्ञ समूहले निर्माण चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो। अहिले सञ्चालनमा रहेका ३० मध्ये ७ वटा मात्रै विमानस्थल नाफामा छन्। 

स्वर्गीय मन्त्री अधिकारीले नै केही नेताको दबाबमा परीक्षण उडान गरेको इलामको फाल्गुनन्द, गुल्मीको रेसुंगा र अछामको साँफेबगर विमानस्थलमा नियमित उडान हुन सकेको छैन।

वर्षौंदेखि उपत्यका आसपासमा वैकल्पिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दै आएको नागरिक उड्डयन प्राधिकरणले सबैभन्दा उपयुक्त ठाउँ भनिएको नागीडाँडामा पनि विमानस्थल निर्माण गर्न प्राविधिक रूपमा उपयुक्त नहुने नहुने बताइसकेको छ। फेरि आगामी वर्षको नीति तथा कार्यक्रममा उपत्यका नजिकै वैकल्पिक आन्तरिक विमानस्थल बनाउने घोषणा गरिएसँगै विमानस्थल निर्माणमा शंका उपशंका उत्पन्न भएको छ।

काठमाडौं विमानस्थलको क्षमता विस्तार र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नगरी सरकारले अर्बौं रुपैयाँ लगानी गरी नयाँ विमानस्थल बनाउने भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्दै आएको छ। यो वर्ष पनि यसले निरन्तरता पाएको छ। त्यति मात्रै होइन, वर्षेनी आफ्नो जिल्लामा विमानस्थल निर्माणका लागि भन्दै विभिन्न पार्टीका शीर्ष नेताले समेत प्राधिकरणमा दबाव दिँदै आएको स्रोत बताउँछ।

अहिले पुनः काभ्रेका आन्तरिक विमानस्थल बनाउने विषयमा प्राधिकरणबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै नीति तथा कार्यक्रम तय हुँदै गर्दा प्रवेश  प्राधिकरण स्रोत बताउँछ।

‘तत्कालको अवस्थामा सञ्चालनमा रहेका र निर्माण भइरहेका विमानस्थलको सुधार गर्नु पर्नेछ,’ प्राधिकरणले स्रोतले भन्यो, ‘सडक बाटो निर्माण गरेजस्तो सहज छैन विमानस्थल निर्माण गर्ने कुरा। तर, यहाँ जसलाई जे मन लाग्छ त्यही हुन्छ।’

यो पनिः
बनेपामा उपयुक्त नदेखिए विमानस्थल धुलिखेलमा बन्छ : मन्त्री बाँस्कोटा

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्