काठमाडाै- राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।