काठमाडौ- दसैंको टीकाको दिन बुधबार बाँके, जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन् भने एक घरको झ्यालमा क्षति पुगेको छ।
दिउँसो करिब १४स्२० बजे विद्युत् सर्ट भई आगलागी भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेपछि बुधबार दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ ।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासी बस्ने साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेर क्षति भएका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेर क्षति भएका छन् भने महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ।अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।