काठमाडौ - बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
बैजनाथ गाउँपालिका ८ टिटिरिया बस्ने २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा सोही स्थान बस्ने २८ वर्षीय सन्दीप चौधरी र थारुबीच कात्तिक ४ गते बिहान करिब ५:३० बजे विवाद भएको थियो ।
प्रहरीका अनुसार उनीहरूबीच विवाद भइरहेका बेला चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाई थारुलाई मार्ने धम्की दिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो।
चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।