काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएपछि सामाजिक सञ्जालभरि उनीसँगका तस्बिरहरु राखिएका छन्। उनका आफन्त र शुभचिन्तकहरुले भावपू्र्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
२०५८ सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ताका रुपमा होमिएका ३६ वर्षीय प्रकाशले युद्धकालका कठिन मोडहरु बेहोरेका छन्। रुकुम-रोल्पामा रहेर युद्धकालमा सञ्चार विभागमा समेत काम गरेका उनी पार्टी अध्यक्ष तथा बुबा प्रचण्डका सुरक्षा सहयोगीका रुपमा लामो समय रहे।
आजबाट उनको भौतिक त शरीर हामीमाझ छैन। तर उनका यी तस्बिरहरुले उनको गतिविधिलाई सम्झाइरहनेछन्।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।