काठमाडौं- नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले विभिन्न क्षेत्रमा लगानी गर्न ६ अर्ब रुपैयाँ व्यवस्था गरेको बताएका छन्। बिहीबार निगमको ४८औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निगमलाई यही अवस्थामा नरहन नदिने योजना पनि अघि सारेका छन्।
'बुढिगण्डकी जलविद्युत आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरिएको छ। निगमले अन्य क्षेत्रमा पनि लगानी गर्न ६ अर्ब रुपैयाँ व्यवस्था गरेको छ,' कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।
कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा पनि ठूलै योगदान गरेको स्मरण गराए। उनले गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि जानकारी दिए।
कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, विसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिबद्धता पनि जनाए। निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने नवनियुक्त कार्यकारी निर्देशक पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।