काठमाडौं। अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै बरालले पाटेकरलाई एकपटक भेटेर नजिकै बसेर कुरा सुन्ने आफ्नो चाहना पूरा हुन नपाएको बताएका छन्।
बरालले आफू मण्डलाको सुरुआती समयमा बस्ने कोठाको माथिल्लो भागको भित्तामा आफूलाई मन पर्ने कलाकारका तस्बिरमध्ये पाटेकरको तस्बिर पनि राख्ने गरेको स्मरण गरेका छन्।
‘उहाँलाई हेर्दा मलाई सधैं लाग्थ्यो कुनै दिन एकपटक उहाँलाई भेट्नेछु, नजिकै बसेर उहाँको कुरा सुन्नेछु। त्यो चाहना भने पूरा हुन पाएन,’ बरालले लेखेका छन्।
उनले पाटेकरका चलचित्र आफूले धेरैपटक हेरेको र उनको अभिनयबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरेका छन्। पछिल्लो समय नाना पाटेकरका लामालामा अन्तर्वार्ता सुन्दा आफूले उनको कलाकार व्यक्तित्वसँगै जीवन बाँचिरहेको एक व्यक्तिलाई महसुस गर्न पाएको बरालले बताएका छन्।
उनले त्यसलाई आफ्ना लागि आनन्द र सिकाइको विषय भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।