काठमाडौं। भारतीय अभिनेता नाना पाटेकरको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय समाचारमध्यम दैनिक भास्करका अनुसार उनलाई हृदयघात भएको थियो। चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर दिए पनि उनको ज्यान बचाउन नसेको दैनिक भास्करले जनाएको छ।
डा. शेखर सालकरका अनुसार पाटेकरको बिहान ५:२० बजे निधन भएको हो। उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको छ र पोस्टमार्टम गरिने जनाइएको छ।
पाटेकरले सन् १९७८ मा रिलिज भएको फिल्म ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका थिए। विधु विनोद चोपडाको ‘परिन्दा’बाट उनले व्यापक पहिचान बनाएका थिए।
उनले ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’, ‘यशवंत’लगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए। ‘प्रहार’ फिल्मका लागि पाटेकरले सैन्य प्रशिक्षणसमेत लिएका थिए। सन् १९९९ को कारगिल युद्धका क्रममा उनी भारतीय सेनासँगै रहेका थिए।
उनलाई पछिल्लो पटक प्रकाश झाको वेब सिरिज ‘संकल्प’मा देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।