काठमाडौं – नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो।
हाल कायम रहेको प्रतिलिटर एक सय ४ रुपैयाँ ५० पैसालाई घटाएर अब ९४ रुपैयाँ ५० पैसामा समायोजन गरिएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।