काठमाडौं- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकको पदका लागि तीन जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइने भएको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा पन्नाकाजी अमात्यको निधनपछि उक्त पद केही समयदेखि खाली छ।
कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छान्न लागेको सरकारले असोजमा दुई पटक दरखास्त आह्वान गरेको थियो। पहिलो पटक असोज ६ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको सरकारले उपयुक्त व्यक्तिको निवेदन नपरेपछि दोस्रो पटक २४ गते अर्को सूचना प्रकाशित गरेको थियो।
प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिको बैठक र छनोट सम्बिन्धी कार्यविधि, २०७५ को दफा १० बमोजिम न्यूनतम योग्यता पुगेका तीन जानालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको हो।
अन्तिम छनोटमा पर्न सफल जगदीशचन्द्र पोख्रेल, देवेन्द्रबहादुर मेधाशी र राजेश श्रेष्ठको प्रस्तुति र अन्तर्वार्ता आउँदो २९ गते लिइने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।