काठमाडौं । सरकारले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का कर्मचारीहरूको ठूलो संख्यामा सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका ४४ जना उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई नयाँ जिम्मेवारीमा खटाउँदै एकैपटक ठूलो संख्यामा सरुवा गरेको हो। सरुवामा शिक्षा, प्रशासन र प्राविधिक सेवाका कर्मचारीहरू परेका छन्।
सरुवा हुनेमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल रहेका छन्।
त्यस्तै डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेक कुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ।
यसैगरी हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव सरुवा हुनेमा छन्।
रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको पनि सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।