मुगु। कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
जुम्लाको प्रशिदृ धामिक स्थलचन्दननाथ मन्दिरको ‘लिङ्गो बोक्ने मेला अथात असोज कृष्ण त्रयोदशी’को अवसरमा जुम्ला जिल्ला भरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइने भएको छ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशद्वारा जारी सूचना अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२÷१२÷२४ को निर्णय अनुसार सो बिदा दिइएको दिने गरेको थियो।
प्रदेश सचिव लक्ष्मी कुमार वि.क.द्वारा हस्ता क्षेर उक्त सूचनामा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।