• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सदनमा सरकारको यसरी बचाउ गरे प्रधानमन्त्री ओलीले

64x64
नेपाल लाइभ आइतबार, पुस २२, २०७५  १८:४०
1140x725

काठमाडौं- वर्तमान सरकारका प्रारम्भिक ३ महिना सुखद् थिए। त्यसपछिका ७ महिनामा सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको भन्दै चौतर्फी विरोधको सामना खेपिरहेको छ। 

स्थिर सरकार ‘गतिहीन’ बनेको भन्दै केपी ओली सरकारको नेकपाभित्र र बाहिरबाट समेत आलोचना बढ्दै गएको थियो। मंसिर २९ देखि पुस १३ गतेसम्म चलेको स्थायी समितिको बैठकमा ओली सरकारको आलोचनामा अधिकांश स्थायी समिति सदस्यहरूले समय खर्चिए।

स्थायी समितिको बैठकमा सम्बोधनका क्रममा ओलीले तीन घण्टाभन्दा बढी सरकारको बचाउ गरेका थिए। स्थायी समिति सदस्यहरूबीच बोल्दा सरकारले देखिने गरी काम गरेको उनको दाबी थियो।

स्थायी समितिको बैठकमा सरकार हासिल गरेको प्रगतिको फेहरिस्त प्रस्तुत गरे। सर्वत्र आलोचना खेपेका ओलीले संसदमा प्रतिपक्षी दलसहित आलोचकहरूलाई सरकारका 'राम्रैराम्रो' कामको सूची प्रस्तुत गर्दै जवाफ फर्काएका छन्।

१० महिने कार्यकाल सकिएको वर्तमान सरकारका अनेकन उपलब्धि आइतबारको संसदमा उनले यसरी सुनाए। 

यी हुन् ओलीले प्रस्तुत गरेका सरकारका प्रमुख उपलब्धिहरुः

-असोज ३ गतेको समय सीमाभित्र मौलिक हकका आवश्यक कानुन बने। 

-संघीय संरचनाअनुसार कर्मचारीको समायोजन प्रक्रिया अघि बढेको छ। दरबन्दी यकिन भई ११ हजार ९ सय ६९ जनाले आफू समायोजन हुन चाहेको तहको छनोट गरी निवेदनसमेत दिइसकेका  छन्।

Ncell 2
Ncell 2
nimb
nimb

-गत आर्थिक वर्षको पहिलो ५ महिनाका तुलनामा यस आर्थिक वर्षको राजस्व संकलन ३२ प्रतिशतले वृद्धि भएको छ।

-चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५ दशमलव ३३ प्रतिशत रहेको छ। गतवर्षको तुलनामा मूल्य वृद्धि घटेको छ। गतवर्षको मूल्यवृद्धि ४ दशमलव २ प्रतिशत थियो भने यसवर्ष ३ दशमलव ७ प्रतिशतमा सीमित भएको छ।

-गत वर्षको तुलनामा कुल वैदेशिक सहायता १६२ दशमलव ७२ प्रतिशले वृद्धि भएको छ। 

-उद्योगरव्यवसायसँग सम्बन्धित कम्पनी दर्ता वृद्धिदर बढेको छ। उक्त वद्धिदर २५ प्रतिशतले छ।

Xtrem

Xtrem

-बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनशील क्षेत्रमा बैंकको लगानी १३ दशमलव ४ बाट बढेर ३२ दशमलव ३ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्ः

संसद बैठक २५ गते बस्ने

-यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ।

-निर्याततर्फ यस अवधिमा नेपालको कुल निकासी १२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ।

-भारत तर्फको निकासीमा २० दशमलव ५ र संयुक्त राज्य अमेरिकामा निर्यातमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।

-धानको उत्पादनमा ९ प्रतिशतले वृद्धि भएको छ। धानको समर्थन र उखुको खरिद मूल्य रु ५३६ दशमलव ५६ निर्धारण गरिएको छ।

-साना किसानहरूको साँवा र व्याज गरी १ अर्व ३२ करोडको ऋण मिनाह भएको छ।

-७ प्रदेश र ७५३ स्थानीय तहमा बेरोजगारी दर्ता गरी रोजगारी वा भत्तामध्ये एक उपलव्ध गराउने गरी संगठन संरचना तथा कार्यविधि बनाइएको छ।

-राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक प्रगति भएको छ।

-२०१९ को जुन महिनासम्ममा लुम्बिनीको गौतमवुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न हुने गरी काम अघि बढेको छ। आगामी ६ महिनाभित्र पोखरा विमानस्थलको रन वे र एप्रोन निर्माण कार्य सम्पन्न हुँदैछ।

-माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम ९७ दशमलव ५ प्रतिशत सम्पन्न भएको छ। अगस्त २०१९ भित्र परीक्षण उत्पादन सुरु गर्नेगरी कार्य भइरहेको छ। 

-३६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य बोकेको बबई सिंचाई आयोजनाबाट हालसम्म २६ हजार हेक्टर जमिनमा सिँचाइ व्यवस्था भएको छ। 

-मेलम्ची खानेपानी परियोजनाको निर्माण कार्य तीव्र रफ्तारमा अघि बढी रहेको समयमा केही समस्या आएको छ, हल गर्ने प्रयास जारी छ।

 

यो पनि पढ्नुहोस्ः

प्रतिपक्षले प्रश्न सोध्न समय मागी रह्यो, सभामुख अघि बढिरहे 

-काठमाडौ-तराई मधेस फास्टट्र्याक निर्माणको प्रगति उत्साहवर्द्धक छ।

-कामलाई छिटो र प्रभावकारी बनाउन अनुगमनमाथि अनुगमन गर्ने कार्यप्रणाली थालिएको छ। यसलाई अटोमेशन, वेव पोर्टल र एपको माध्यमबाट व्यवस्थित बनाइँदैछ। प्रदेश सरकारसँग ताजा सम्पर्क र राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनका लागि प्रधानमन्त्री कार्यालयमा डिजिटल एक्सन रुम निर्माण भइरहेको छ।

-तीन करोडको रुपैंयाको पत्रकार वृत्ति कोष स्थापना गरिएको छ। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरिएको छ।

-श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ। उनीहरूको पारिश्रमिक निजी बैंक खातामा जम्मा हुने नयाँ व्यवस्था सुरु गरिएको छ।

-अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१ दशमलव २ प्रतिशतले घटेको छ। व्रिपेषणमा भने नकरात्मक प्रभाव परेको छैन। विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको छ।

-जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म १७ हजार घर निर्माण भई हस्तान्तरण गरिसकिएको छ। साथै, ३८ हजार ८ सय ८० वटा घर निर्माणाधीन छन्।

-सन् २०१८ को १० महिनामै गत आर्थिक वर्षको पूरा अवधिकै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन्। हवाइमार्गबाट नेपाल भित्रिएका पछिल्लो २ महिनाको पर्यटकहरूको संख्यालाई समेत जोड्दा १२ लाख नाघेको छ। यो संख्या गत सालको यही अवधिको तुलनामा २७ प्रतिशत बढी हो।

-नेपाल र बंगलादेश सरकारबीच विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ।

-चालू आर्थिक वर्षमा २५ वटा पुल निर्माण सम्पन्न भएको छ। हाल देशभर १ हजार २ सय ५३ पुल निर्माणाधीन अवस्थामा छन्।

-पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मेरो भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन निर्माण गर्ने आयोजना तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने गरी तिव्रताका साथ काम भइरहेको छ। नेपाल तर्फको २२ दशमलव ८ किलोमिटर पाइपलाइन विछ्याउने कार्य सम्पन्न भइसकेको छ।

यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्रीको आक्रोश संसदमा : बोले प्रश्न उठ्छ, नबोले पनि प्रश्न उठ्छ

-केरुङ-काठमाडौं रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सम्झौता हुँदैछ।

-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर हुँदैछ।

-भारतीय सहयोगमा रक्सौल-काठमाडौं रेलमार्ग विस्तृत परियोजना तयार गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

-कुर्थादेखि जयनगरसम्म निर्माण गरिएको रेल-वे लाइनमा नेपालको आफ्नै रेल सञ्चालन गर्न २ वटा रेल खरिद कार्य अगाडि बढाइएको छ।

-नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्ट्रार नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ। नेपालमा जलमार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन भइरहेको छ।

-नागढुंगा-नौबिसे सुरुङमार्ग छिटै शिलान्यास हुँदैछ। राजधानी र देशका विभिन्न भागमा अन्य ५ वटा सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ।

-सूचना प्रविधिमा पँहुचका लागि १ हजार ३ सय ७१ वटा वडा, १ हजार ४ सय ६० विद्यालय र १ हजार ६३ स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा जडान गरी २ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

-आगामी २०७६ वैशाख १ गतेसम्म सम्पन्न गरी नेपालको आफ्नै उपग्रह ९नानो सेटलाइट० स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसबाट अनुसन्धानका विद्यार्थीहरुका लागि अध्ययनमा सहयोग पुग्नेछ।

-भूकम्पपछिको पुनर्निर्माण तर्फ मेरो नेतृत्वमा सरकार बन्नुअघि ९७ हजार ८ सय १३ मात्र निजी घर निर्माण भएका थिए। सरकार बनेयता करिब १० महिनामा ३ लाख ३८ हजार १ सय ४७ घर निर्माण भइसकेका छन्।

यो पनि पढ्नुहोस्ः

देउवालाई प्रधानमन्त्रीको जवाफ– सामाजिक सुरक्षा कार्यक्रमको 'प्याटेन्ट राइट'मा बहस गरिरहेका छैनौं

-यो सरकार बन्नुअघि ४ हजार ५ सय १५ विद्यालय निर्माणाधीन थिए। त्यसयता ६ हजार ६ सय ७८ विद्यालय भवन निर्माण सम्पन्न भएका छन्। ३ सय ९० वटा पुरातात्विक सम्पदा निर्माण भएकामा त्यसयता ५ सय १० पुरातात्विक सम्पदा निर्माण सम्पन्न भएका छन्।

-१८७ तुइनमध्ये हालसम्म १ सय १३ वटा तुइन विस्थापपित भई झोलुङ्गे पुल सञ्चालनमा आएका छन्। १७ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणको कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछन्।

-परराष्ट्र मामिलामा चीनसँग सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सन्धीलाई कार्यान्वयन गर्ने प्रोटोकल सम्झौतामा ऐतिहासिक सहमति भएको छ।

यसबाट चीनका ४ वटा सामुन्द्रिक बन्दरगाह, २ वटा सुख्खा बन्दरगाह र चीनको भूमि भएर तेस्रो मुलुकसँग व्यापार गर्न पारवहन मार्ग उपलब्ध हुने भएको छ। परिणामस्वरूप नेपाललाई अतिरिक्त पारवहन सुविधा सुनिश्चित भएको छ।

-न्युयोर्कमा साइडलाइन मिटिङ्गको रुपमा स्विट्जरल्याण्ड राष्ट्रपति, क्यानडा, वेलायत र कम्वोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता भएको छ। कोष्टारिकाको औपचारिक भ्रमण गरेको छु। र, संयुक्त राष्ट्रसंघको युनिभर्सिटी फर पीसले मलाई मानार्थ विद्यावारिधीबाट सम्मान गरेको छ।

-आम जनताहरुले प्रयोग गर्ने जग्गा प्रशासनसंग सम्बन्धित लिखतहरुलाई सरलीकरण गर्ने सिलसिलामा १ सय ३१ मध्ये ४७ वटा मालपोत कार्यालयमा अनलाइन सेवासहित सरलीकृत फारमहरू प्रयोगमा ल्याइएको छ।

-यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको छ, भ्रममा रहनु उपयुक्त छैन। सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन कार्यले पूर्णता पाएको छैन, यसका लागि सार्वजनिक यातायात प्राधिकरण गठन गरी नयाँ व्यवस्था लागू गर्नेगरी कामहरुलाई अघि बढाइएको छ।

-अपराध नियन्त्रणको सन्दर्भमा हाम्रो प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हासिल गरेको छ।

-चर्चित ३३ किलो सुनकाण्डका केही आरोपित व्यक्तिहरुसहित भारतीय राजश्व अनुसन्धान ब्युरोको सहयोगमा हालै कोलकतामा ३३ किलो सुन समातिएको छ। त्यसमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्