काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका केही काम गर्न र बोल्न खोज्दा अवरोध भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति इंगित गर्दै यस्तो आक्रोश पोखेका हुन्।
‘सरकारले के गर्दैछ भनी प्रश्न उठाइयो, अनि के गर्दैछु भनेर जवाफ दिन्छु। फेरि प्रश्न उठाइन्छ प्रधानमन्त्री किन बोलेको?,’ प्रश्नात्मक शैलीमा उनले भने 'बोल्न नहुने रहेछ भनी चुप बसे पनि प्रश्न उठ्ने गरेको छ।'
सरकारले काम गर्न खोज्दा प्रश्न उठेको प्रति दुखेसो पोख्दै भने ‘केही गर्न खोजिन्छ। अनि प्र्श्न सुरु भइहाल्छ, त्यो किन गरेको?’
तर्क र बहसमा रुचि नभएको बताएका ओलीले १० महिने सरकारको कार्यकाल समीक्षा गरेको जानकारी गराए। समृद्धि नेपाल,सुखी नेपालीको सपना आफूले देखेको र आम जनताले पनि देखेकाले गल्ती नगरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।