• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

त्रिभुवन विमानस्थलमा अवैध ट्याक्सी शृंखला-४ : सञ्चालन भएको ५ वर्षपछि वैधानिक बनाउन चलखेल

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  ००:४५
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षौंदेखि हरियो नम्बर प्लेटमा सञ्चालन हुँदै आएका ८ वटा अवैध ट्याक्सीलाई वैधानिक बनाउन चलखेल सुरु भएको छ। यसरी वैधानिक बनाउँदा ५ वर्षयता विमानस्थलले पाउनुपर्ने रोयल्टी र राजस्व छुट पाइने भएपछि 'विमानस्थल हवाई यात्रु यातायात सेवा संस्था' नामक कम्पनीले खेल सुरु गरेको हो। 

_x000D_ _x000D_

हालै मात्र नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले लेखेको पत्रमा त्यस्तो छुट पाउने उल्लेख छ। 

_x000D_ _x000D_

कम्पनीले अनुमतिबिनै ५ वर्षदेखि राजनीतिक आडमा अवैध ट्याक्सी सञ्चालन गर्दै आएको थियो। नेपाल लाइभले यसबारे लगातार समाचार प्रकाशन गरेपछि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कडाइ गर्न भन्दै पत्र लेख्यो। 

_x000D_ _x000D_

कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडा, सञ्चालकहरु विजयबहादुर स्वाँर र झलकबहादुर कार्कीले मिलेमतोमा अनुमति नै नपाएका ट्याक्सी सञ्चालन गर्दै आएका थिए। ५ वर्षमा कम्पनीको नाममा उठाइएको ४८ लाख ४८ हजार रकम उनीहरु आफैंले चलाएका थिए। वर्षौंदेखि सञ्चालित ती ट्याक्सीबाट त्रैमासिक रुपमा विमानस्थल कर्पोरेट महाशाखालाई बुझाउनुपर्ने करिब २० लाख राजस्व हिनामिना भएको थियो। [हेर्नुस् समाचार : कम्पनीको घाटा देखाएर लाखौं रकम हिनामिना]

_x000D_ _x000D_

भदौ ५ गते गृह मन्त्रालयले अनुमति नभएका ट्याक्सी सञ्चालनमा रोक लगाएर त्यसको जानकारी गराउन भनेको थियो। गृहको पत्र प्राप्त भएको २ सातापछि मात्रै ट्राफिक प्रहरीले भदौ २१ मा ट्याक्सी नियन्त्रणमा लियो। तर, नियन्त्रणमा लिएकै दिन ५ महिनाको रकम जम्मा गरेर कम्पनीले विमानस्थल कर्पोरेट महाशाखासँगको मिलेमतोमा निर्बाध रुपमा पुन: सञ्चालन गर्दै आएको छ। 

_x000D_ _x000D_

कम्पनीका झलकबहादुर कार्की भने ५ वर्षदेखि चल्दै आएका ट्याक्सी गलत बुझाइका कारण नियन्त्रणमा लिइएको बताउँछन्। २०७४ चैत १३ देखि २०७५ भदौसम्मको रकम जम्मा गरेपछि पुन: सञ्चालनमा आएको उनको भनाइ छ। सम्झौतामा ३ सय वटासम्मको अनुमति पाएकाले अवैधानिक नभएको उनले दाबीसमेत गरे। उक्त कम्पनीसँग २ सय वटासम्म सञ्चालन गर्न दिने सहमति भएको उल्लेख गर्दै नागरिक उड्डयन प्राधिकरणले सोही दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राज्यमन्त्री, प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयलाई बोधार्थ पत्र लेख्यो। प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले लेखेको उक्त पत्रमा विमानस्थलले पाउनुपर्ने ४ वर्षको रकम छुट दिने उल्लेख छ। सोही आधारमा नियन्त्रणमा लिइएका अवैध ट्याक्सी कम्पनीले निर्बाध चलाइरहेको हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

manojpanta.com

Ncell 2
Ncell 2
_x000D_ _x000D_
_x000D_

विमानस्थलका यात्रुलाई सेवा दिनेगरी हरियो नम्बर प्लेटका ट्याक्सी चलाउन उक्त कम्पनीले २०६९ जेठ ८ गते सातवर्षे परियोजना प्राप्त गरेको थियो।  

_x000D_ _x000D_

महाप्रबन्धक क्षेत्रीकै पत्र आपसमा बाझिन्छन् 
_x000D_ विमानस्थल प्रबन्धक राजकुमार क्षेत्रीले लेखेका दुई पत्र नै आपसमा बाझिएका छन्। नेपाल लाइभलाई प्राप्त दुई फरक मितिका पत्रले अन्योल सिर्जना गरेको छ।

_x000D_ _x000D_

२०७५ भदौ २१ गतेको पत्रमा थप ८ ट्याक्सीलाई चलाउन अनुमति दिनुपर्ने उल्लेख छ भने असार २० गतेको पत्रमा २०६९ जेठ ८ मा २ सय वटा मात्र सम्झौता भएकाले उक्त संख्याभन्दा धेरै सञ्चालन हुन नसक्ने भनिएको छ। विमानस्थलमा उक्त कम्पनीले कति वटा ट्याक्सी सञ्चालनको अनुमति पाएको हो, क्षेत्रीको पत्रले खुलाउँदैन। 

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

कर्पोरेट महाशाखा भन्छ– २ सयभन्दा बढी चलाए कारबाही 
_x000D_ विमानस्थल कर्पोरेट महाशाखले २०७५ जेठ ३ गते लेखेको पत्रमा भने विमानस्थलमा २ सय वटा मात्र सवारीसाधनको अनुमति उक्त कम्पनीले पाएको उल्लेख छ। महाशाखाका उपप्रबन्धक विष्णुप्रसाद अधिकारीले लेखेको पत्रमा २ सय वटा मात्र चलाउन पाइने र सोभन्दा धेरै चलाए तत्काल रोकी कारबाही अघि बढाउनेसम्म उल्लेख छ। उक्त पत्रपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ असार २० गते पत्र लेखेको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

यो विषयमा बुझ्न खोज्दा विमानस्थल प्रबन्धक क्षेत्रीले 'राजस्व के कति बुझाएका छन्, आफूलाई जानकारी नभएको' बताए। विमानस्थलमा अवैध ट्याक्सी नरहेको दाबी गर्दै उनले यातायात व्यवस्था कार्यालयबाट दर्ता भएर आएपछि सञ्चालन गर्न दिने बताए। त्यसबापतको राजस्व अन्तै जम्मा हुनेसमेत उनको भनाइ छ। 

_x000D_ _x000D_

यसरी भित्रिएको थियो अवैध ट्याक्सी
_x000D_ २०६९ फागुनमा उक्त कम्पनीले प्राधिकरणको विमानस्थल उड्डयन कार्यालय गौचरनसँग सम्झौता गरी पुराना ट्याक्सीको सट्टामा नयाँ ल्याउने निर्णय गर्यो। उक्त निर्णय अनुसार २ सय वटा गाडी भित्र्याउने सम्झौता भएपछि भौतिक पूर्वाधार मन्त्रालयले ट्याक्सी खरिदका लागि २०७० साउन २९ मा स्वीकृतिको पत्र लेख्यो। तर, यातायात व्यवस्था कार्यालयले पुराना सवारीसाधानको कर चुक्ता नभएको भन्दै दर्तामा रोक लगायो। उक्त निर्णयविरुद्ध कम्पनी सर्वोच्च अदालत पुग्यो।

_x000D_ _x000D_

मुद्दामा पहिलो सुनुवाइ गर्दै २०७० कात्तिक ४ मा नयाँ गाडी चलाउन रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्यो। न्यायाधीश प्रकाश बस्तीको इजलासले जारी गरेको अन्तरिम आदेशमा विमानस्थल कार्यालयको माग बमोजिम २ सय वटा नयाँ ट्याक्सीले सञ्चालन अनुमति पाएको उल्लेख छ।

_x000D_ _x000D_


_x000D_ सो सम्झौता अनुसार पुराना दर्ता भएका ट्याक्सीहरु र नयाँ गरी १ सय ६८ वटालाई हरियो नम्बर प्लेट दिने र तिनीहरुले मात्र सेवा दिने भनिएको थियो। पछि थप ३२ ट्याक्सीलाई यातायात व्यवस्था विभागले दर्ता गरिदिने सम्झौताको बुँदा थपियो। 

_x000D_ _x000D_

सबै सेटिङ मिलाउने नेतालाई ट्याक्सी उपहार
_x000D_ ती ट्याक्सी वर्षौंदेखि विमानस्थलमा कार्यरत रहेका तर आफ्ना सवारीसाधन नभएका चालक लगायतलाई दिने भनिएको थियो। तर, थप गरिएका ३२ ट्याक्सी नेता र प्रशासनिक निकायका श्रीमतीका नाममा समेत दर्ता गरिएको कम्पनीका विमानस्थल हाइकमान्ड सदस्य र विमानस्थलका एक कर्मचारी बताउँछन्। यो दुवै संख्या जोड्दा २ सय मात्र हुन्छ। तर, अहिले विमानस्थलमा दैनिक २ सय ८ वटा ट्याक्सी उक्त कम्पनीमार्फत निर्बाध गुडिरहेका छन्। 

_x000D_ _x000D_

सिन्डिकेट अन्तर्गत दर्ता भएर चलिरहेका ट्याक्सीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरको पनि ट्याक्सी छ। त्यसैगरी, पूर्व एकीकृत माओवादी निकट मजदुर नेता जेबी कार्की र उनकी श्रीमती विनिता कार्कीका नाममा पनि ट्याक्सी गुडिरहेका छन्।  

_x000D_ _x000D_

त्यसैगरी, मजदुर नेताहरु अजय राई, धर्म भण्डारी आदिका नाममा ट्याक्सी कुदिरहेका छन्। नेपाली कांग्रेसका प्रदेश ३ का सांसद राजेन्द्र गुरुङको नाममा पनि ट्याक्सी छ। उनी प्रदेशसभाका समानुपातिक सांसद हुन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

कम्पनीका महाप्रबन्धक पुरुषोत्तम सिंखडा र यशोदा सिंखडाले पनि ट्याक्सी लिएका छन्। ट्याक्सी कुदाउनेहरुमा त्रिभुवन विमानस्थलका कर्मचारी पनि छन्। नेताको संरक्षणका आफन्तलाई पनि ट्याक्सी चलाउन दिइएको छ।

_x000D_ _x000D_

सर्वोच्च भन्छ– नयाँ दर्ता २ सय मात्र
_x000D_ विमानस्थलमा सञ्चालनमा रहेका ८ ट्याक्सी अवैध रहेको कम्पनीले नै २०७० मंसिर १३ गते सर्वोच्चमा दायर गरेको निवेदनले पुष्टि गर्छ। 

_x000D_ _x000D_

पुराना ट्याक्सीको कर चुक्ता नभएको भन्दै यातायात व्यवस्था कार्यालयले नयाँ गाडी दर्ता नगर्ने अडान लिएपछि उनीहरुले दायर गरेका मुद्दाको आदेशमा पनि सर्वोच्चले उक्त कुरा पुष्टि गरेको छ। न्यायाधीश प्रकाश बस्तीको एकल इजलासले जारी गरेको आदेशमा उनीहरुको दाबी अनुसार आदेश गर्दै २ सय वटा मात्र सञ्चालनको अनुमति पाएको भनिएको छ। 

_x000D_ _x000D_

यी पनि पढ्नुस्- 
_x000D_ त्रिभुवन विमानस्थलमा अवैध ट्याक्सी
_x000D_ शृंखला-३ : कर्मचारीको नाममा सञ्चालक र निर्देशक उच्च तलब बुझ्दै

_x000D_ _x000D_

शृंखला २ :लाखौं राजस्व र कम्पनीको नाममा उठाएको रकम नेताको खल्तीमा

_x000D_ _x000D_

शृंखला २ :त्रिभुवन विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीको सिन्डिकेट

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’
निकोलस भुसाल पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्