• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

त्रिभुवन विमानस्थलमा अवैध ट्याक्सी शृंखला-३ : कर्मचारीको नाममा सञ्चालक र निर्देशक उच्च तलब बुझ्दै

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १०:०५
1140x725

काठमाडौं– 'विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड'का नेताहरुले मिलेमतोमा तलबका नाममा एक वर्षमा एक करोड ४४ हजार लिने गरेको भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु ओसार्न सरकारी मिलेमतोमा ७ वर्षको सिन्डिकेट सञ्चालन गर्न उक्त कम्पनीले अनुमति पाएको थियो।

दुई सय वटा ट्याक्सी सञ्चालनको वैधानिक अनुमति पाएको उक्त कम्पनीका सञ्चालक र प्रबन्धकले थप ८ वटा ट्याक्सी गैरकानुनी सञ्चालन गर्दै आएका छन्। उनीहरुले राजस्व छल्नुका साथै आफै सेयर सदस्य, सञ्चालक र कर्मचारी भई तलब लिने गरेको कम्पनीकै वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

कम्पनीमा उनीहरुको नाममा १६८ जना बराबरकै सेयर रहेको दाबी गरिएको छ। सोही अनुरुप उनीहरुले विमानस्थलमा ट्याक्सीसमेत चलाएका छन्। 

उक्त कम्पनीका सञ्चालक पुरुषोत्तम सिंखडा, विजयबहादुर स्वाँर र झलकबहादुर कार्कीले आर्थिक वर्ष २०७३/०७४ मा कर्मचारीको तलब शीर्षकमा जनही ५ लाख २० हजार रकम बुझेका छन्। 

यसरी तलब बुझेको यो तेस्रो आर्थिक वर्ष हो। आव २०७०/७१ मा ६७ जनाले तलब बुझेको विवरणमा उल्लेख छ। 

तत्कालीन समयमा निर्देशकको रुपमा सिंखडा, स्वाँर, कार्की र इन्द्रराज गिरिले जनही २ लाख ४० हजार तलब लिएका थिए। उनीहरुले मात्र ९ लाख ६० हजार तलबभत्ता बुझेका थिए। कम्पनीले तलबभत्तामा ५८ लाख ३४ हजार ५ सय ९९ रुपैयाँ खर्च भएको थियो। पछिल्लो आव २०७२/०७३ मा ५८ लाख ३८ हजार २ सय ९९ रुपैयाँ खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। उक्त आवमा कम्पनी २५ लाख ४६ हजार नोक्सानमा रहेको थियो। 

दैनिक, मासिक र टिपैपिच्छे पैसा उठाउँदा लाखौं नाफा हुनुपर्नेमा सुरुकै वर्षमा कम्पनी सञ्चालकले घाटा भएको देखाएर रकम हिनामिना गरेको सेयर सदस्यको आरोप छ। पछिल्लो आर्थिक वर्षका उक्त रकम वृद्धि भई एक करोड पुगेको देखिन्छ। सञ्चालकदेखि सेयर सदस्य हुँदै आफ्नै ट्याक्सी र श्रीमतीलाई समेत उक्त कम्पनीमा रोजगार दिलाएका उनीहरुले १२ महिनाको हिसाब गर्दा जनही मासिक ४३ हजार ३ सय ३३ रुपैयाँ तलबभत्ता खाने गरेको एक हाइकमान्ड सदस्यले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उक्त कम्पनीको चुक्ता सेयर पुँजी एक करोड ४२ लाख १४ हजार रहेको छ। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाणपत्र अनुसार उक्त कम्पनीको स्थिर पुँजी एक करोड ५० लाख र कुल पुँजी २ करोड २० लाख उल्लेख छ। तलबका नाममा एक करोड ४४ हजार ९ सय ५.८४ पैसा खर्च हुने कम्पनीकै विवरणमा जनाइएको छ।  

आर्थिक वर्ष २०७२/०७३ मा जम्मा एक करोड ७३ लाख १६ हजार २ सय २२ रुपैयाँ २६ पैसा भएको र जम्मा खर्च एक करोड ९८ लाख ६२ हजार ९ सय ३० रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ। यसअघिको नोक्सानी २५ लाख ४६ हजार ७०८ रुपैया रहेको प्रतिवेदनमा छ। तर कम्पनीका सञ्चालक र निर्देशकहरुले कम्पनी घाटामै रहे पनि तलबभत्ता खाँदै आएका थिए। 

त्यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा २ करोड ३३ लाख ३३ हजार ६ सय ६२ रुपैयाँ आम्दानी भएको र २४ लाख ५ हजार ७ सय ४४ रुपैयाँ नाफा भएको देखाइएको छ। 

वार्षिक प्रतिवेदनमा अतिथि सत्कारको नाममा ४ लाख ७ हजार, मिटिङ भत्ता ७२ हजार, सवारीसाधन नवीकरणमा ४६ हजार खर्च भएको विवरण पेस गरी  कम्पनीको रकम तीन नेताले खल्तीमा हालेको एक सेयर सदस्यले बताए। दैनिक तलबभत्ता खाएका सञ्चालकको मिटिङमा भत्ता वितरण र नयाँ गाडीको नवीकरण शुल्क कसरी दोहोरो बुझाइयो भनेर प्रश्न उठेको ती सदस्यले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्पनीका नेताहरुले सुरुदेखि नै घाटा देखाउन चाहेको र सम्भव नभएपछि कम नाफा देखाएर रकम अनियमितता गर्ने गरेको सेयर सदस्यहरुको आशंका छ। 

यसरी दुई सय ट्याक्सी सञ्चालन गरेको कम्पनीमा ८२ जना कर्मचारी रहेको विवरणमा उल्लेख छ। 
 

सांसद पनि कर्मचारी 
नेपाली कांग्रेसका प्रदेश सांसद राजेन्द्र गुरुङले समेत उक्त कम्पनीवाट तलब लिएको खुलको छ। उनले आर्थिक वर्ष २०७३/०७४ मा २ लाख ४० हजार तलब लिएको समितिको विवरणमै उल्लेख छ। 

यसरी हेर्दा प्रत्येक महिना गुरुङले २० हजार तलब बुझेको देखिन्छ। उनको नाममा बा१य १११४ नम्बरको एउटा ट्याक्सी सञ्चालनमा रहेको छ। ३२ वटा ट्याक्सी थप हुँदा नेताको कोटामा उनी कम्पनीमा छिरेका हुन्। 

यसबारे जिज्ञासा राख्दा सांसद गुरुङले आफू कम्पनीमा सुरुदेखिकै सदस्य भएको दाबी गर्दै सांसदले व्यवसाय गरेर खान नहुने? भनी प्रतिप्रश्न गरे। विमानस्थलमा अन्य नेताहरुले पनि नियमसम्मत काम गरेर खाएको उनले दाबी गरे। 

मन्त्रालय, ट्राफिक र विमानस्थल मौन 
विमानस्थलमा केही वर्षदेखि अवैध सञ्चालन हुँदै आएका ८ ट्याक्सीको बारेमा उजुरी पर्दासमेत तालुकदार पर्यटन, संस्कृति  तथा नागरिक उड्ययन मन्त्रालयले एक पटक चिठी लेख्नेबाहेक कुनै कारबाही गर्न सकेको छैन। हालसम्म विभिन्न व्यक्तिले विमानस्थलको ट्याक्सीको विषयमा उजुरी गरेका छन्। मन्त्रालयमा उजुरी परेपछि २०७५ असार २८ गते राज्यमन्त्रीको सचिवालयले ट्याक्सी नम्बर नै उल्लेख गरी राज्यको कर छली भईरहेको भन्दै राजस्वलाई पत्र लेखेको थियो। 
 

ट्राफिक प्रहरी कार्यालय र गृह मन्त्रालयमा समेत यस्तै उजुरी परेको भए पनि हालसम्म कुनै कारबाही हुन नसकेको कम्पनीका एक सेयर सदस्यले बताए। 

हवाई यात्रुलाई ट्याक्सी सेवा दिने नाममा कम्पनी खडा गरेका नेताहरुले मोटो रकम हिनामिना गरे पनि पहुँचका आधारमा कारबाहीबाट उम्कँदै आएका छन्। विमानस्थलका कार्यरत नेपाली कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्रका कर्मचारी संगठनका नेताको आडमा उनीहरु कारबाहीबाट उम्कँदै आएको एक हाइकमान्ड सदस्य बताउँछन्।

५ वर्षदेखि अनुमतिबिनै मिलेमतोमा सञ्चालन भएका ८ वटा ट्याक्सीबाट त्रैमासिक रुपमा विमानस्थल कर्पोरेट महाशाखालाई बुझाउनुपर्ने करिब २० लाख रुपैयाँ राजस्व हिनामिना भएको छ। कम्पनीको लागि भन्दै अवैध रुपमा सञ्चालित यस्ता ट्याक्सीबाट उठेको रकम पनि कम्पनीका तीन नेताहरुले अपारदर्शी रुपमा लिने गरेका छन्।

यसरी भित्रिएको थियो अवैध ट्याक्सी
२०६९ फागुनमा उक्त कम्पनीले प्राधिकरणको विमानस्थल उड्डयन कार्यालय गौचरणसँग सम्झौता गरी पुराना ट्याक्सीको सट्टामा नयाँ ल्याउने निर्णय गर्यो। उक्त निर्णय अनुसार २ सय वटा गाडी भित्र्याउने सम्झौता भएपछि भौतिक पूर्वाधार मन्त्रालयले ट्याक्सी खरिदका लागि २०७० साउन २९ मा स्वीकृतको पत्र लेख्यो। तर, यातायात व्यवस्था कार्यालयले पुराना सवारी साधानको कर चुक्ता नभएको भन्दै दर्तामा रोक लगायो। उक्त निर्णयविरुद्ध कम्पनी सर्वोच्च अदालतमा पुग्यो।

मुद्दामा पहिलो सुनुवाइ गर्दै २०७० कात्तिक ४ मा नयाँ गाडी चलाउन रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्यो। न्यायाधीश प्रकाश बस्तीको इजलाशले जारी गरेको अन्तरिम आदेशमा विमानस्थल कार्यालयको माग बमोजिक २ सय वटा नयाँ ट्याक्सीले सञ्चालन अनुमति पाएको उल्लेख छ।

सो सम्झौता अनुसार पुराना दर्ता भएका ट्याक्सीहरु र नयाँ गरी १ सय ६८ वटालाई हरियो नम्बरप्लेट दिने र तिनीहरुले मात्र सेवा दिने भनिएको थियो। पछि त्यसमा थप ३२ ट्याक्सीलाई यातायात व्यवस्था विभागले दर्ता गरिदिने सम्झौताको बुँदा थपियो।

[शृंखला–१ : त्रिभुवन विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीको सिन्डिकेट, अवैध रुपमा बढी ट्यासी सञ्चालित, कम्पनीको नाममा उठेको करोडौं रकम बेहिसाब]
[
शृंखला-२ : लाखौं राजस्व र कम्पनीको नाममा उठाएको रकम नेताको खल्तीमा]

थप विवरणहरु :

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्