काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बेलुका बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि तोकिएको नेकपा अध्यक्ष प्रचण्डले ट्विटमार्फत जानकारी दिएका छन्।
_x000D_
_x000D_
असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको थियो। सो बैठकमा माधव नेपाल अनुपस्थित थिए। आफू अफ्रिका रहेका बेला महत्त्वपूर्ण निर्णय गरिएको नेपालले बताइरहेका छन्। आफू अफ्रिकाबाट फर्किएपछि जिम्मेवारी तोक्ने सहमति अध्यक्ष केपी ओलीसँग भए पनि त्यस विपरित निर्णय गरिएको भन्दै उनले असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।
_x000D_
_x000D_
केही अघिको संसद बैठकमा माधव नेपालले सरकारको पनि आलोचना गरेका थिए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिएर केही दिनअघि फर्किएका छन्। विमानस्थलमा उनले माधव नेपालको नाम नलिई बोल्दै जाँदा पुरानो गीत सम्झना हुन सक्छ भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।