काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण प्रक्रियामा तत्कालीन माओवादी केन्द्रले एक प्रदेशमा मात्रै इन्चार्ज पाएको छ। बहुमत प्रदेशमा भने केन्द्रलाई अध्यक्ष दिइएको छ।
_x000D_
_x000D_
प्रदेश १ को इन्चार्जमा पूर्व एमालेको दाबी थियो। सोही अनुरुप एमालेका नेता भीम आचार्य इन्चार्ज हुन सफल भएका छन्। आचार्य पार्टीमा संस्थापन इतर समूहका नेता मानिन्छन्। सह इन्चार्ज भने माओवादी केन्द्रले पाएको छ। माओवादी केन्द्रबाट इन्चार्जको चर्चामा रहेका राम कार्कीले भने अवसर पाएनन्। प्रदेश १ मा माओवादीका तर्फबाट सह इन्चार्जमा सावित्रीकुमार काफ्ले चयन भएकी छिन्।
_x000D_
_x000D_
प्रदेश १ को अध्यक्ष बनेका देवराज चालिसेले अन्य आकांक्षीलाई पछि पारेका छन्। अध्यक्षमा उनीसँगै जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेतको नाम पनि चर्चामा थियो। पोलिटब्युरो सदस्य भइसकेका खतिवडालाई पछि पारेर घिमिरे अध्यक्षमा आउन सफल भएका छन्। अध्यक्षको जिम्मेवारी पाएका चालिसे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन्।
_x000D_
_x000D_
प्रदेश २ को इन्चार्ज पनि पूर्व एमालेबाटै बनेका छन्। एमालेबाट एक्ला प्रत्यासी रहेका सत्यनारायण मण्डल इन्चार्ज भएका हुन्। मण्डल सप्तरीका नेता हुन्। इन्चार्ज एमालेले पाएपछि अध्यक्ष र सह इन्चार्ज माओवादी केन्द्रको भागमा परेको छ। अध्यक्षमा प्रभु साह चयन भएका छन् भने अध्यक्षकै चर्चामा रहेका विश्वनाथ साह सह इन्चार्ज बनेका छन्। तत्कालीन एमाले निकट सुमन प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ।
_x000D_
_x000D_
प्रदेश ३ को इन्चार्ज पनि एमालेकै पोल्टामा परेको छ। तत्कालीन एमालेबाट इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई सोही पद दिएर माओवादी केन्द्रका हितमान शाक्यलाई अध्यक्षको जिम्मेवारीमा नियुक्त गरिएको छ। सह इन्चार्ज पनि माओवादीको भागमा परेको छ। चितवनका नेता नारायण प्रसाद दाहाललाई सह इन्चार्जको भूमिका दिइएको छ। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्छन्। सचिवमा चयन भएका आनन्द पोखरेल पूर्व एमालेका हुन्।
_x000D_
_x000D_
गण्डकी प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीलाई नै इन्चार्जको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङलाई सोही प्रदेशको इन्चार्ज तोकिएको छ। अध्यक्ष पद भने माओवादीको भागमा परेको छ। गोरखाका हितराज पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशमा सह इन्चार्ज र सचिव एमालेकै भागमा परेको छ। खगराज अधिकारी सह इन्चार्ज भएका छने भने सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ।
_x000D_
_x000D_
प्रदेश ५ मा एकीकरण कार्यदलमा रहेका मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज भएका छन्। अध्यक्षमा माओवादी केन्द्रबाट ओनसरी घर्तीलाई जिम्मेवारी दिइएको छ। ओली पक्षीय पोखरेल इन्चार्ज हुुँदा उनी निकट दलबहादुर राना सह इन्चार्ज भएका छन्। प्रदेश ५ मा पार्टी एकीकरणका क्रममा कार्यदलको जिम्मेवारी दिएका पोखरेल र रानाले संस्थापन इतर समूहलाई पाखा लगाएको भन्दै आलोचना भएको थियो। प्रदेश ५ को सचिवको जिम्मेवारी जगप्रसाद शर्मालाई दिइएको छ। शर्मा माओवादी केन्द्रको तर्फबाट दाङ ३ ‘क’ मा विजयी प्रदेश सांसद हुन्।
_x000D_
_x000D_
उता कर्णाली प्रदेशको इन्चार्जमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले भूमिका पाएका छन्। अध्यक्ष एमालेको भागमा परेको छ। एमालेको तर्फबाट गोरख बहादुर बोगटीलाई अध्यक्ष तोकिएको छ। अध्यक्षको दावेदार रहेका यमलाल कँडेललाई सह इन्चार्जको जिम्मेवारी दिइएको छ। सचिवको जिम्मेवारी पाएका मयाप्रसाद शर्मा माओवादी केन्द्रका नेता हुन्।
_x000D_
_x000D_
प्रदेश ७ मा एमालेलाई मुख्य पद परेको छ। पुर्व मन्त्रीसमेत रहेका भीम रावललाई इन्चार्ज तोकिँदा एमालेबाटै कर्ण थापा अध्यक्ष बनेका छन्। माओवादी केन्द्रका नेता लक्ष्मणदत्त जोशीलाई सह इन्चार्जको जिम्म्मेवारी दिइएको छ भने सचिव पनि माओवादी केन्द्रको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।