काठमाडौं– गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले सोमबार निर्णय गर्दै आठ जना कर्मचारीको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार सहसचिव विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै सहसचिव शान्तिराज प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय सिरहाको जिम्मेवारी दिइएको छ।
मन्त्रालयले अन्य सहसचिव र उपसचिवको पनि जिम्मेवारी परिवर्तन गरेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।