• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने

64x64
नेपाल लाइभ मंगलबार, असोज १३, २०८३  २१:४४
1140x725

काठमाडौं– बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियामा देखिँदै आएको मनपरी र असमानता हटाउन नेपाल बीमा प्राधिकरणले स्वचालित प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्राधिकरणले सर्भेयर छनोट तथा खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको हो।

प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट गरेर काम दिने प्रक्रियामा कमी आउने र दाबीअनुसार उपयुक्त सर्भेयर स्वचालित रूपमा छनोट हुने प्राधिकरणको अपेक्षा छ।

नयाँ प्रणालीलाई सुशासन, पारदर्शिता र समान अवसरमा आधारित बनाउने उद्देश्यले विकास गरिएको प्राधिकरणले जनाएको छ।

विज्ञता र स्थान हेरेर सिस्टमले छान्ने

प्राधिकरणका अनुसार कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि उक्त दाबीको प्रकृति, सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरणका आधारमा प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ।

उदाहरणका लागि कुनै स्थानमा सवारी दुर्घटनासम्बन्धी दाबी परेको अवस्थामा सवारीसम्बन्धी विज्ञता भएको, सो क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता पुगेको र तत्काल काम लिन सक्ने सर्भेयरमध्येबाट प्रणालीले उपयुक्त व्यक्ति छनोट गर्नेछ।

यसले बीमा कम्पनीका अधिकारीले प्रत्येक दाबीका लागि छुट्टाछुट्टै सर्भेयर खोजेर छनोट गर्नुपर्ने अवस्था कम गर्नेछ। सर्भेयर खटाउने निर्णयका आधारसमेत प्रणालीमा रहने भएकाले त्यसको अभिलेख पछि हेर्न सकिनेछ।

प्राधिकरणका अनुसार हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको, एउटै सर्भेयरले बढी काम पाउने र कतिपयले पर्याप्त अवसर नपाउने गुनासो आउने गरेको छ। कतिपय बीमा कम्पनीले आफूले रोजेका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत प्राधिकरणमा आउने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ प्रणालीले यस्ता समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

६८० सर्भेयरको विवरण प्रणालीमा

प्राधिकरणले हालसम्म प्रणालीमा ६८० जना सर्भेयरको विवरण प्रविष्ट गरिसकेको छ। त्यसमध्ये ८८ जना संस्थागत सर्भेयर छन् भने बाँकी व्यक्तिगत सर्भेयर रहेका छन्।

नयाँ प्रणालीमा प्रत्येक सर्भेयरको छुट्टाछुट्टै प्रोफाइल तयार गरिएको छ। प्रोफाइलमा सर्भेयरको विशेषज्ञता, वरिष्ठता, भौगोलिक उपलब्धता, पोर्टफोलियो र यसअघि प्राप्त गरेको कामलगायतका विवरण राखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हालको व्यवस्थाअनुसार व्यक्तिगत सर्भेयरले एकपटकमा पाँचवटासम्म र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था छ। तर कसले कति काम पायो, कति सम्पन्न गर्‍यो र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने तथ्यांक व्यवस्थित रूपमा राख्न कठिनाइ हुँदै आएको प्राधिकरणको भनाइ छ।

स्वचालित प्रणालीले भने सर्भेयरले प्राप्त गरेको कामदेखि सम्पन्न गरेको कामसम्मको विवरण राख्नेछ। यसबाट एउटै सर्भेयरलाई लगातार काम दिइएको छ कि छैन भन्ने पनि अनुगमन गर्न सहज हुनेछ।

बीमा कम्पनीका अधिकारीलाई तालिम

नयाँ प्रणाली कार्यान्वयनअघि प्राधिकरणले बीमा कम्पनीका सम्बन्धित कर्मचारीलाई तालिम दिन थालेको छ। असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत प्रणालीसम्बन्धी तालिम दिइँदैछ।

त्यसपछि सर्भेयरहरूलाई पनि स्वचालित प्रणाली प्रयोगसम्बन्धी तालिम दिइने प्राधिकरणले जनाएको छ। भविष्यमा प्रणालीमा पुनर्बीमा कम्पनीलाई समेत समेट्ने योजना रहेको छ।

प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरेर सुझाव लिइएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका मापदण्ड र आवश्यक प्यारामिटर तयार गरी सफ्टवेयर विकास गरिएको हो।

दाबी भुक्तानीमा हुने ढिलाइ पनि घट्ने अपेक्षा

प्राधिकरणले स्वचालित सर्भेयर छनोट प्रणालीले बीमा दाबीको प्रक्रिया छिटो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरेको छ।

अहिले सर्भेयर छनोटमा हुने ढिलाइ, अनुपयुक्त सर्भेयर खटिनु, पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था तथा सर्भेयर र सेवाग्राहीबीच उत्पन्न हुने विवादले कतिपय दाबी प्रक्रियामा ढिलाइ हुने गरेको छ।

नयाँ प्रणालीले घटनाको प्रकृति र सर्भेयरको विशेषज्ञता मिलाएर जिम्मेवारी तोक्ने भएकाले यस्ता समस्या घट्ने प्राधिकरणको विश्वास छ। यसबाट समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ।

त्यसैगरी कुन सर्भेयरलाई कुन आधारमा जिम्मेवारी दिइयो भन्ने विवरण प्रणालीमा सुरक्षित रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्नेछ।

परीक्षणपछि सुरक्षा परीक्षण गरिने

प्राधिकरणले प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गर्ने जनाएको छ। त्यस क्रममा आवश्यक सुधारसमेत गरिनेछ।

प्रणालीको साइबर सुरक्षाका लागि फायरवाल, भीएपीटी (VAPT) लगायतका सुरक्षा परीक्षण गर्ने तयारी पनि प्राधिकरणको छ।

दीर्घकालमा प्रणालीबाट सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांकसमेत संकलन हुनेछ। उक्त तथ्यांकका आधारमा सर्भेयरको कार्यसम्पादन, सेवा प्रवाह र सेवाग्राहीले पाएको सेवाको अवस्था अध्ययन गर्न सकिने प्राधिकरणको अपेक्षा छ।

यसबाट भविष्यमा सर्भेयर व्यवस्थापन, सेवा सुधार तथा बीमा क्षेत्रसम्बन्धी नीति निर्माणमा समेत तथ्यांकमा आधारित निर्णय लिन सहयोग पुग्नेछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्