काठमाडौं – सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फ रिक्त रहेको एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम क्रमशः सिफारिस गरेको भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका कर्माचार्यलाई सचिवमा सिफारिस गर्ने सम्भावना रहेको छ ।
सरकारले पछिल्लो समय सचिव बढुवा सिफारिस र सचिब बढुवा गर्ने क्रमलाई द्रुत गतिमा अघि बढाउँदै आइरहेको छ । यस अघि प्रशासन तर्फ रिक्त रहेको सचिवका लागि आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ । आगामी मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ १ र प्राविधिक तर्फ १ गरी २ जनालाई सचिवमा बढुवा गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।