सिओल– नेपालमा ठूला चार्डपर्वहरु नजिकिएसँगै कोरियामा सञ्चालित रेमिट्यान्स कम्पनीहरुको कारोबारमा पनि वृद्धि भएको छ। नेपालमा दसैं, तिहार नजिकिएको र कोरियाबाट नेपाल पैसा पठाउने दर लगातार सस्तो हुँदै गएपछि कारोबारमा तुलनात्मक रुपमा वृद्धि भएको कम्पनीहरुले जनाएका छन्।
_x000D_
_x000D_
पछिल्लो एक महिनायता अमेरिकी डलरसामू नेपाली मुद्राको अवमुल्यन हुँदा कम्पनीहरुले अहिलेसम्मकै सस्तो दरमा रेमिट्यान्स सेवा दिइरहेका छन्।
_x000D_
_x000D_
गत महिनाको तुलनामा यो महिना कारोबारमा २० देखि ३० प्रतिशतसम्म वृद्धि भएको बताउँछन् हानपास रेमिटका भुवन बस्नेत। उनका अनुसार नयाँ सदस्यहरु पनि उल्लेख्य मात्रामा थपिएका छन्। करिब ३० हजार प्रयोगकर्ता रहेको हानपासले कोरियाका ८ सहरबाट सेवा दिइरहेको छ।
_x000D_
_x000D_
कोरियामा सबैभन्दा पहिला सञ्चालनमा आएको जिएमई रेमिट्यान्सले पनि पछिल्लो एक महिनामा २५ देखि ३० प्रतिशत कारोबारमा वृद्धि भएको जनाएको छ। जिएमईका बजार प्रमुख धर्मराज गौतमले रेमिट दर सस्तो भएर कारोबारमा वृद्धि भयो भनेर खुसी हुने अवस्था भने नरहेको बताए। नेपाली मुद्राको अवमुल्यन भइरहँदा नेपालमा परेको नकारात्मक असरका कारण खुसी हुने अवस्था नरहेको उनको भनाइ छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
रेमिट दर सस्तो भएर भन्दा पनि वैधानिक बाटो अंगाल्न चाहनेहरुका लागि रेमिट्यान्सको प्रतिस्पर्धात्मक कारोबारले उत्साह थपेको गौतमले बताए।
_x000D_
_x000D_
उता जी मनी रेमिट्यान्सका मार्केटिङ प्रमुख विजय टण्डनको पनि उस्तै बुझाइ छ। भन्छन्, ‘सस्तो दरमा वैधानिक बाटोबाट रेमिट्यान्स गर्न पाएपछि यहाँका नेपालीमा कम्पनीहरुप्रति आकर्षण बढेको सहजै अनुमान गर्न सकिन्छ। त्यो आकर्षण जी मनीमा उत्साहजनक देखिएको छ।’ पहिलेभन्दा थोरै कोरियन वन पठाउँदा पनि नेपालमा धेरै हुने भएपछि नेपालीहरु उत्साहित हुनु स्वभाविक भएपनि नेपालमा वृद्धि भएको महँगीले भने खासै फरक नपर्ने उनले तर्क गरे।
_x000D_
_x000D_
त्यस्तै, क्युएस रेमिटका नेपालतर्फका बजार प्रमुख अशोक मैनालीले पछिल्लो एक महिनामा गत महिनाको तुलनामा २२ देखि २५ प्रतिशतले कारोबारमा वृद्धि भएको बताए।
_x000D_
_x000D_
गत वर्ष कोरिया सरकारले रेमिट्यान्समा बैंकहरुको एकाधिकारलाई तोड्दै साना मनी ट्रान्सफरहरुलाई पनि कारोबारको अनुमति दिएपछि कोरियामा उल्लेख्य मात्रामा मनी ट्रान्सफर कम्पनीहरु सञ्चालनमा आएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।