रसुवा– रसुवामा निर्माण हुन लागेको फलाखु खोला जलविुद्यत आयोजनाको निर्माणकार्य सुरु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने १३ दशमलव ७ मेगावाट क्षमताको आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण लगायतका कार्य सम्पन्न गरी निर्माणकार्य सुरु गर्न लागेको हो। ‘आयोजना निर्माणका लागि पूर्वतयारी लगभग अन्तिम चरणमा पुगेको छ। अब निर्माणकार्यले तीव्रता पाउनेछ’ आयोजना निर्माण कम्पनी बेत्रावती हाइड्रोपावरका अध्यक्ष अनिल जोशीले भने।
_x000D_
_x000D_
चोङकिङ वाटर टर्वाइन वक्स एन्ड कम्पनी लिमिटेडले निर्माणको ठेक्का पाएको आयोजनाको २०६९ चैत ६ गते विद्युत खरीद सम्झौता भएको थियो। २०७३ साउन १६ गते निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइए पनि समयमै निर्माण कार्य सुरु नभएपछि म्याद थपिएको थियो। थपिएको म्याद सकिन चार महिना मात्रै बाँकी छ। दोस्रो पटक थपिएको म्याद अनुसार आगामी माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
दुई अर्ब ४० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनामा २ हजार ३ सय मिटर टनेल र १ हजार ८ सय मिटर पेनस्टक रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।