• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गृहमन्त्री र आइजिपीको राजीनामा माग्दै दिनहुँ प्रदर्शन

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  १२:५९
1140x725

काठमाडौं– केही दिनअघिसम्म 'निर्मलाको अपराधीलाई कारबाही गर' तथा 'निर्मलालाई न्याय देऊ' भन्दै गरिने आन्दोलन अहिले 'गृहमन्त्री राजीनामा दे' र 'आइजिपीलाई बर्खास्त गर्' भन्नेतिर केन्द्रित हुन थालेको छ। निर्मलाको निम्ति न्यायको नारा सँगसँगै गृहमन्त्रीको राजीनामा पनि उत्रै आवाजका साथमा उठ्न थालेको छ।

_x000D_ _x000D_

निर्मलाका निम्ति न्याय अभियान बनाएर संघर्ष गर्दै आएका अभियन्ताहरुले बिहीबार सिंहदरबारकै दक्षिण गेटमा प्रदर्शन गरे, धर्ना दिए। 'छापामार' शैलीमा सिंहदरबारको गेटमा पुगेका प्रदर्शनकारीले गेटमा गृहमन्त्रीको राजीनामा माग गरे। उनीहरुले आइजिपीलाई बर्खास्त गर्न माग गरेका थिए।

_x000D_ _x000D_

    गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन 

_x000D_ _x000D_

बाहिर गृहमन्त्री र आइजिपीविरुद्ध नाराबाजी भइरहँदा सिंहदरबारभित्रै सत्ताधारी दलकै विद्यार्थी संगठनले आइजिपीको राजीनामा माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।
_x000D_ शनिबार पनि गृहमन्त्रीको राजीनामा र आइजिपीलाई बर्खास्तगीको माग गर्दै प्रदर्शन भयो।

_x000D_ _x000D_

     सत्तारुढ दलकै विद्यार्थी संगठनले मागे आइजिपीको राजीनामा

_x000D_ _x000D_

७३ दिनअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको निम्ति न्याय माग्दै शनिबार माइतीघरमा प्रदर्शन भयो। त्यहाँ भएको केहीबेरको प्रदर्शनपछि सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो। संख्यात्मक रुपमा अन्य दिनभन्दा केही कम उपस्थिति देखिए पनि नारा भने आक्रोशयुक्त लाग्यो।

_x000D_ _x000D_

प्रदर्शनकारीले जति पटक 'निर्मलाका निम्ति न्याय' भन्दै नारा लगाए उति नै पटक 'गृहमन्त्री राजीनामा दे', 'सरकार तेरो पाराले, दुःख पाए साराले', आइजिपीलाई बर्खास्त गर्', 'नालायक आइजिपी राजीनामा दे' भन्ने नारा पनि लाग्यो। उनीहरुले निरन्तर अपराधीलाई कारबाहीको माग गरे।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रदर्शनकारीले दुई तिहाइको सरकार भएर पनि लाचार भएको भन्दै आक्रोश पनि पोखे। उनीहरुले 'दुई तिहाइको सरकार, किन यति लाचार' भन्दै नाराको साथमा प्रश्न सोधेका थिए। उनीहरुले नेताबाटै सिकेको र पुलिस पनि बिकेको भन्दै नारा लगाए।

_x000D_ _x000D_

     निर्मलाका निम्ति न्याय : सरकारलाई दबाब दिँदै प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

_x000D_ _x000D_

छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको थियो। सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गत ९ गते गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रदर्शनकारीको असन्तुष्टि प्रतिवेदन सार्वजनिक नगरिएकोतिर पनि सोझिएको थियो।

_x000D_ _x000D_

सामान्यतया दलीय वा संस्थागत झन्डै नबोकीकनै प्रदर्शनमा आउन आह्वान गर्ने प्रचलन गरे पनि यसपटक भने त्यस्तो बन्देज थिएन। त्यसैले पनि नयाँ शक्ति नेपालका कार्यकर्ताहरुले झन्डासहित उपस्थिति जनाएका थिए। तर, र्‍याली वा समग्र कार्यक्रमको नेतृत्व भने स्वतन्त्र अभियन्ताहरुले गरेका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

बानेश्वरको कोणसभामा बोल्नेहरु पनि कडा सुनिए। उनीहरुले सरकारले चित्तबुझ्दो छानबिन नगरेको भन्दै आक्रोश पोखे।

_x000D_ _x000D_

नायिका रेखा थापाले न्याय पनि दान माग्नुपर्ने अवस्था आउनु लज्जास्पद अवस्था भएको भन्दै गुनासो पोखिन्। उनले आफूहरुले दिएको भोट फिर्ता देऊ भन्ने दिन नआओस् भन्दै खबरदारी व्यक्त गरिन्। उनले महिला सांसदहरुप्रति पनि रोष व्यक्त गरिन्। 'हामीजस्ता महिलाहरुलाई हामीले प्रतिनिधि बनाएर संसदमा पठाएका छौं', थापाले भनिन्, 'उहाँहरु के खिचडी पकाएर बसिरहनुभएको छ?' 

_x000D_ _x000D_

'मैले सुनेको थिएँ, बानेश्वरको भवनमा खसीको टाउको राखेर कुकुरको मासु बेचिन्छ', थापाले थपिन्, 'सायद त्यस्तै हो जस्तो लाग्न थालेको छ।'

_x000D_ _x000D_

      रेखा थापाको गुनासो– हामीले न्याय पनि दान माग्नुपर्ने अवस्था आयो?

_x000D_ _x000D_

नयाँ शक्ति नेपालकी नेतृ कल्पना धमलाले सरकार उल्टो गतिमा हिँडिरहेको बताइन्। 'जनताको आशा थियो, दुई तिहाइको सरकारले देशमा शान्ति स्थापना गर्ने छ। नागरिकको नैसर्गिक हकको सुनिश्चितता गर्ने छ। देशको उन्नति र प्रगति हुने छ। सडकमा नारा जुलुस गर्नुपर्ने छैन', धमलाले भनिन्, 'बिडम्बना यो देश उल्टो गतिमा हिँडिरहेको छ। जनताको आशामा तुषारापात भइरहेको छ।'
_x000D_ उनी सरकार कानमा तेल हालेर बसिरहेको आरोप लगाइन्।

_x000D_ _x000D_

प्रधानमन्त्रीले निर्मला पन्तको अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भनेको प्रति पनि धमलाले आपत्ति जनाइन्। 'के प्रधानमन्त्रीको यो सत्ता र शक्ति कमजोर भएपछि मात्रै हत्यारालाई सजाय दिने हो? केपी ओलीको सरकारको शक्ति छउञ्जेल त्यो हत्यारालाई बचाउने हो? प्रधानमन्त्रीले उत्तर दिन खोज्नुभएको यही हो?'

_x000D_ _x000D_

उनले प्रधानमन्त्री जादुगरको कथाजस्तो भएको बताइन्। 'जादुगरले असम्भव कुराहरुलाई मन्त्र गरेर पूरा गरेजस्तो भाषण गरेर जनतालाई ढाँटेर कुर्सी बचाउँछु भन्ने खेलमा प्रधानमन्त्री देखिएका छन्', उनले भनिन्।

_x000D_ _x000D_

अभियन्ता मुकेश झाले देशमा महंगीभन्दा बढी अरु केही बढेको छ भने त्यो महिलाविरुद्धको हिंसा नै भएको बताए। उनले महिला हिंसाप्रति सरकार गम्भीर नभएको गुनासो पनि गरे। अन्तरिक्षमा गएर अपराधी खोज्छु भन्नु माघमा आँप खुवाउँछु भनेजस्तै झुट कुरा भएको बताए।

_x000D_ _x000D_

उनले हिंसाबाट मधेसका महिला पनि प्रताडित भएको बताए। उनले मधेसका तथा दलित महिला विरुद्धको हिंसामा राज्य संयन्त्र संवेदनशील हुनुपर्ने धारणा राखे। 'राज्यले महिला विरुद्ध हुने हिंसामा हेर्ने तथा बुझ्ने तरिका र त्यसप्रति गर्ने प्रतिक्रियामा पनि त्यही समुदायले बुझ्ने र सम्झिने गरी गरिनदिनुपर्छ', झाले भने।

_x000D_ _x000D_

नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले पहिलेपहिले रोम जलिरहँदा बाँसुरी बजाउने निरोको कथा पढ्ने गरे पनि अब आउने पुस्ताले केपी ओली र रामबहादुर थापाको बारेमा पढ्नुपर्ने दिन आउन सक्ने बताए।

_x000D_ _x000D_

विवेकशील साझाकी भावना राउतले जिम्मेवार व्यक्तिहरुले नै अन्तरिक्षमा पुगेर पनि हत्यारा खोज्छौ भनेको प्रति व्यंग्य गरिन्। उनले हत्यारा पत्ता लगाउन अन्तरिक्षसम्म जानै नपर्ने बरु कुर्सीमुनि भएको भन्दै पक्राउ गर्न आग्रह गरिन्।

_x000D_ _x000D_

       निर्मला हत्या प्रकरण : प्रमाण मेटाउनेहरुबाटै अनुसन्धान सुरु गर्न माग

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्