काठमाडौं– नायिका रेखा थापाले न्याय पनि दान माग्नुपर्ने अवस्था आएको भन्दै गुनासो पोखेकी छिन्।
_x000D_
_x000D_
शनिबार निर्मलाका निम्ति न्याय अभियानको तर्फबाट माइतीघरदेखि बानेश्वरसम्म गरिएको र्यालीपछि आयोजित कोणसभामा बोल्दै थापाले प्रश्न गरिन्– हामीले दान गरेको मत लिएर कस्तो प्रकारको सरकार चलाइएको छ? हामीले न्याय पनि दान माग्नुपर्ने अवस्था आयो? हामीले दिएको भोट फिर्ता देऊ भन्ने दिन नआओस्। हाम्रै मत लिएर हामीमाथि नै अन्याय गर्न मिल्छ?
_x000D_
_x000D_
रेखा थापाले न्यायको लागि सडकमै आउनुपर्ने बाध्यता हुनु लज्जास्पद भएको बताइन्। उनले महिला सांसदहरुप्रति पनि रोष व्यक्त गरिन्। 'हामीजस्ता महिलाहरुलाई हामीले प्रतिनिधि बनाएर संसदमा पठाएका छौं', थापाले भनिन्, 'उहाँहरु के खिचडी पकाएर बसिरहनुभएको छ?'
_x000D_
_x000D_
थापाले एउटा अपराधीलाई बचाएर यो सरकारले के साख बचाउन खोजेको हो भन्दै सरकारालाई प्रश्न गरिन्।
_x000D_
_x000D_
'निर्मलाजस्ता कैयौं युवतीहरुले विभिन्न बहानामा ज्यान गुमाइरहनुपरेको छ। निर्मलाले पनि न्याय पाउँदिन भने अबको चार वर्षसम्म हामी महिलाहरु जिवित हुन्छौ कि हुँदैनौं हामीलाई भनिदिनुपर्यो। हाम्रो आत्मा मारेर यो सरकारले के गर्न खोजेको', उनले प्रश्न गरिन्।
_x000D_
_x000D_
थापाले सरकार लाचार भइसकेको बताइन्। भनिन्– 'हामी जनताले पाउने न्याय ठूलो कि अपराधी जोगाउनुपर्ने कुरा ठूलो हो?'
_x000D_
_x000D_
उनले सरकार अभिभावक हो भने अभिभावकसँग सडकमा आएर न्यायको लागि भिख माग्नुपर्ने अवस्था आउनु लज्जास्पद कुरा भएको बताइन्। 'मैले सुनेको थिएँ, बानेश्वरको भवनमा खसीको टाउको राखेर कुकुरको मासु बेचिन्छ', थापाले थपिन्, 'सायद त्यस्तै हो जस्तो लाग्न थालेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।