काठमाडौं– मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन्।
यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन्। निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।