काठमाडौं– जिल्ला अदालत काठमाडौंले मलेसियामा सँगै काम गर्ने नेपालीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बिहीबार जिल्ला अदालतलले महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई थुनामा पठाउने आदेश दिएको हो।
साहविरुद्ध मलेसियामा झापाको शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप लागेको छ । एक कम्पनीमा स्वीपरको रुपमा साह काम गर्थे भने त्यसको कमाण्डर प्रधान थिए।
काम लगाउने जिम्मेवारीमा रहेका प्रधान र साहबीच कामको विषयमा बेला बेलामा विवाद हुने गरेको थियो।
नेपाली र अन्य कामदा गरेर २५–३० जना स्वीपरहरू रहकोमा एउटा सिफ्टमा ८ जनाको दरले काम गर्थे। त्यही एउटा सिफ्टमा प्रधान र साह थिए। साह भएको समूहको कमाण्डर प्रधान थिए।
उनै साहलाई नेपाल आएको अवस्थामा विमानस्थलबाटै पक्राउ गरेर मुद्दा दायर गरिएको थियो।
यो पनि :
मलेसियामा सहकर्मीको हत्या गर्नेलाई थुनामा पठाउन अदालतको आदेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।