स्याङ्जा– हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका-३ बस्ने ६८ वर्षीय रन बहादुर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ स्याङ्जा बजारबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जा पाठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।