काठमाडौं– नेपाल प्रेसको न्यूजरुमबाटै पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । प्रहरीले शुक्रबार केहीबेरअघि उनलाई छाडेको हो ।
नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको थियो । यसै विषयमा नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो ।
प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न सहमति जनाएको हो ।
पौडेलले भने समाचारको स्रोत खुलाउन अस्वीकार गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।