काठमाडौं- बिचाैलिया इनम सापकोटासंगकाे कनेक्सन बाहिरिएपछि चिन्तित प्रधानन्यायाधीश डा. मनाेज शर्माले फूल काेर्टकाे बैठक बाेलाएका छन् ।
सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको सर्वाेच्च अदालतका एक अधिकृतले नेपाललाइभलाई बिहीबार जानकारी दिएका छन् ।
तर बैठक किन बाेलाइएकाे हाे भन्ने खुलेकाे छैन । बैठककाे एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ मात्र भनिएकाे छ ।
बैठकमा प्रधानन्यायाधीश डा. शर्मा सहित अरु न्यायाधीशहरू सहभागी हुने बताइएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।