काठमाडौं– अभिनेता मनोज बाजपेयीका हरेक वर्ष राम्रा फिल्म आउँछन्। उनको विशेषतामध्ये एउटा चाहिँ व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्नु पनि हो।
एक भारतीस सञ्चारमाध्यमसँगको कुराकानीमा उनले आफू लजाउने व्यक्ति भएको खुलासा गरे। ‘बाल्यकालमा म जिद्दी र लजालु स्वभावको थिएँ। सहज नहुँदा र खुलेर बोल्न नपाउँदासम्म पनि म त्यही खालको छु। लाज मेरो एउटा पक्ष हो,’ उनले भने।
मनोज बिहारका हुन्। उनी एउटा सामान्य मान्छेले फिल्म उद्योगमा कसरी ठूलो नाम कमाउन सक्छ भन्ने उदाहरण हुन्। उनको हालको स्टारडम वर्षौंको कडा परिश्रमको परिणाम हो।
भारतीय फिल्म उद्योगमा आफ्नो यात्रालाई झल्काउँदै उनले भने, ‘मलाई लाग्छ यो एउटा चमत्कार हो। गाउँको केटाले यो उद्योगमा ३० वर्ष बितायो।’ उनले आफ्नो यात्रा ‘असाधारण’ भनेर वर्णन गरे।
भने, ‘मेरो कथा कुनै साधारण कथा होइन। यो असाधारण छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।