• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निरा पाण्डे हत्या अभियुक्तको बयानः घरमै योजना बनाएर लुट्न निस्केको थिएँ, चिच्याएपछि हत्या गरेँ

64x64
नारायण अधिकारी शुक्रबार, जेठ १२, २०८०  १४:५८
1140x725

काठमाडौं– गत वैशाख ७ गते कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको विभत्स हत्या भयो। भाडावर्तनको पसल सञ्चालन गर्दै आएकी पाण्डेको पसलमै दिउँसै हत्या भएको थियो। 

हत्याको १० दिनपछि घटनामा संलग्न रहेको भन्दै प्रहरीले झापाको मेचिनगर–१० का ३५ वर्षी विनोद विश्वकर्मालाई पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको थियो। 

यस घटनामा पक्राउ परेका विश्कर्माविरुद्धको अनुसन्धान सकिएर जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान तथा डाँका कसुरमा मुद्दा दायर भएको छ। पक्राउ परेका अभियुक्त विश्वकर्माले भने घटना स्वीकार गर्दै बयान दिएका छन्। 

यस्तो छ अभियुक्त विश्वकर्माको बयान
म एक सामान्य आर्थिक हैसियत भएको परिवारको सदस्य भएको हुनाले गाउँमै खेतीपाती तथा झापा जिल्लाको धुलाबारीस्थित क्यासिनोहरुमा बाउन्सरको काम गरी जिबिकोपार्जन गर्दै आएको थिएँ। 

क्यासिनोमा बाउन्सरको काम गर्दा जुवा खेल्ने लतमा परि अन्य क्यासिनोहरुमा गई जुवा खेल्ने र बेला मौकामा रक्सीसमेत सेवन गर्न थालें। २०७६ र २०७७ सालको कोरोना महामारीको पहिलो लक डाउनको समयमा मैले धुलाबारीस्थित क्वारेन्टाईनमा रेखदेख गर्ने काम पाई त्यहाँ काम गर्ने सिलसिलामा भेट भएकी बिनिता रेग्मीसँग चिनजान भईसँगै खाने, बस्ने, डुल्ने गर्न थालें। 

त्यसपछि बिस्तारै पैसाको अभाव हुन गई ऋण लाग्न थाल्यो, घर परिवार तथा श्रीमती समेतले यस्तो कुरा थाहा पाएपछि घर परिवारमा झै झगड हुन थाल्यो। मैले काम खोज्दा कहिंकतै राम्रो काम नपाएपछि कामको खोजीमा काठमाडौं आई सरस्वतीनगरस्थित मेरी सानीआमा हरिमाया श्रेष्ठको घरमा बसी चाबहिलको बेबिलोन क्लबमा मासिक १६ हजार पारिश्रमिकमा बाउन्सरको काम गर्न थालें। 

उक्त क्लबमा ३ महिनासम्म काम गरेपछि मेरो काम सन्तोषजनक नभएको भनि मलाई कामबाट हटाएकोले साथि काजी गुरुङको सहयोगमा ठमेलस्थित भाईब्रेट क्लबमा बाउन्सरको काम गर्ने थालें। २ महिना जति त्यहाँ काम गरेपछि मेरो केटी साथी बिनिताले फोन गरी मलाई पनि काम लगाई देउ, म पनि काठमाडौं आउँछु भनेकीले कोठा तथा काम समेत खोज्नका लागि मैले २०७९ सालको फागुन महिनाको १० गते तिर छुट्टि लिई नयाँ बसपार्क नजिकको शिव मन्दिर नजिक कोठा लिएँ। 
 

२६/२७ गते तिर बिनिता काठमाडौं आएपछि हामी दुबै जना सँगै सोही कोठामा बसी भाईब्रेट क्लबमा काम गर्न गयौं। काममा गएको पहिलो दिनमै बिनिताले म काम गर्दिन भनिन्। मलाई पनि त्यहाँ काम गर्न मन लागेन। ८/१० दिन पछि बिनिता  झापा फर्कि गइन्। त्यसपछि मैले समेत कहिँ कतै काम नपाएपछि म  कोठामा एक्लै बस्दै आइरहेको थिएँ। पछि मलाई  कोठामा एक्लै बस्न, खान समेत खर्चको अभाव भयो। त्यसपछि चैत महिनाको अन्तिम तिर मैले मेरो गाउँको चिनजानको भाई भक्तपुर जिल्ला लोकन्थलीस्थित डेरा कोठा गरी बस्ने सुरज साहलाई फोन सम्पर्क गरी मेरो लागि कतै नोकरी खोजी गरिदिनुपर्‍यो, म पनि तिम्रो कोठामा आउनु पर्‍यो भनि भोलिपल्ट साँझ जडिबुटी चोकमा गई सुरज साहसँग उक्त चोकमा भेट भई हामी दुबै जना हिड्दै उनको डेरा कोठामा गयौं।

nimb
nimb

डेरा कोठामा सुरज साहका दुई जना साथीहरु पियुस गुप्ता र शिबशंकर मण्डल नाम गरेका ब्यक्ति समेत सोही कोठामा बस्ने गरेका रहेछन्। दिउँसोको समयमा उनीहरु सबै जना आ–आफ्नो काममा जाने र कोठामा म एक्लै भएको समयमा के कहाँबाट पैसा लिई मेरो ऋण के कसरी तिर्ने भन्ने चिन्ताले मलाई सताउन थाल्यो। कहिँ कतै कोही कसैको धनमाल लुटपाट गरी धन सम्पत्ती आर्जन गर्ने दिमागमा कुबिचार आयो। वैशाख ७ गतेको बिहान उठी सदा झैं सुरज साह आफ्नो काममा गएपछि म कोठामा एक्लै थीएँ। आज कहिं कतैबाट धनमाल चोरी गर्नुपर्छ भनि डेरा कोठामा नै योजना बनाई सोहि कोठामा रहेको मेरो आफ्नै ट्र्याक, जुत्ता, एडिडास लेखिएको हाफ टि–सर्ट र बाहिर पट्टि सुरज साहको चेक सर्ट र मुखमा माक्स लगाई कोठामा रहेको शिबशंकर मण्डलको पिठ्युमा बोक्ने झोला बोकी डेरा कोठाबाट निस्किएँ। 

पैदल हिड्दै जडिबुटी चोकसम्म आई उक्त स्थानबाट बिहान अन्दाजी साढे ११ बजे तिर भाडाको बस चढि चाबहिल केएल टावर नजिक पासाङ ल्हामुको सालिक भएको चोकमा बसबाट झरेँ। भित्री गल्लिहरुमा कोही कसैको धनमाल लुटपाट गर्न सकिन्छ कि भनि हेर्दै घुमफिर गर्दै दिउँसो अन्दाजी साढे दुई बजे तिर घटनास्थल रहेको स्थान कपन सरस्वतीनगरमा पुग्दा सो स्थानमा पछि नाम, थर सुनि थाहा भएकी निरा पाण्डे आचार्यलाई भाँडा पसल भित्र एक्लै देखेँ। 
nira pandey hatya aropi (2)1682847835.jpg

पसलमा सामान किन्ने निहुँमा भित्र प्रवेश गरी हेर्दा उनको गलामा सुनको सिक्री समेत देखेको र पसल पनि ठुलै भएकोले कारोबारको रकम पनि ठुलै होला भन्ने सोची यहि लुटपाट गर्नुपर्छ भन्ने निधो गरें। पसले साहुनी निरा पाण्डे आचार्यले के सामान चाहियो दाई भन्दा मैले रेष्टुरेन्ट खोल्न लागेको, सामान चाहियो भनि प्लेट, कप, थर्मस, हटकेस लगायतका सामानहरु निकाली प्याक गर्न लगाएँ, त्यहि बेला दुई जना महिला र एक जना पुरुष मानिस पसलमा आई ग्यास चुलोको विषयमा सोधपुछ गरी फर्केर गए। 

म पसलमै रहेको अवस्थामा एक जना बालक र एक जना बालिकाले निज निरा पाण्डे आचार्यको लागि चिया ल्याई आए पछि साहुनी निरा पाण्डे आचार्यले मलाई दाई चिया खाने भन्दा मैले म खान्न भनेँ। पछि उनैले नै चिया खादै गर्दा चिया लिई आएका बच्चाहरु समेत पसलमै बसि मोबाईल चलाईरहे।  मैले सो पसलमा एक छिन सर समान हेरी प्लाष्टिकमा प्याक गर्न लगाउँदासम्म पनि बच्चाहरु पसलबाट बाहिर ननिस्के पछि निरा पाण्डे आचार्यलाई तपाई सामान प्याक गरी दिनुस, म एक छिनमा आउँछु भनि उक्त पसलबाट बाहिर निस्की साईडमा गई चुरोट खाई अन्दाजी ५/६ मिनेटपछि पुनः पसलमा जाँदा निज निरा पाण्डेलाई पसलमा एक्लै देखेँ। 

उनको गला (घाँटी) मा रहेको सुनको सिक्री र पसलको सेफमा रहेको पैसा समेत डाँका गरी लिने भनि निरा पाण्डे आचार्यलाई पसलको काउण्टर भन्दा पछाडि पट्टि रहेको र्‍याकको माथिल्लो भागमा रहेका सरसमान देखाउनु भनेँ। त्यसपछि उनी पसलको काउण्टर पछाडी गई र्‍याकमा राखिएको समान निकाल्न लाग्दा मैले पछाडि पट्टिबाट पिठ्युमा मुक्काले हानी उनको घाँटीमा रहेको सुनको सिक्री तान्न खोज्दा के गरेको भनि आत्तिई हल्ला गर्न थालिन्।

घटना थाहा भई पक्राउ पर्ने डरले मैले निजलाई अंगालो हाले जसरी अठ्याई निजको मुख थुनि काउण्टर पछाडी भुईमा लडाई सोही पसलमा रहेको धारिलो हतियार (चक्कु)ले पेटको भागमा हानें। चक्कुले प्रहार गर्दा उनले मैले प्रहार गरेको चक्कु छेक्ने क्रममा हातले समाती नछोडेपछि मेरो एउटा हातमा चक्कु भएको र अर्को हातले उनलाई अठ्याई मुख थुनेकोले मैले उनको नाडीको भागमा दाँतले टोक्दा उनले हातमा समातेको चक्कु छोडेकी थिईन। 

पछि सोही चक्कुले मैले उनको घाँटी, छाती तथा पेट समेतको भागमा पटक पटक प्रहार गरेपछि उनी रक्ताम्य भई अचेत हुँदा मैले उनेको घाँटीमा रहेको सुनको सिक्री निकाली, काउण्टरको घर्रामा रहेको करिव १२/१३ सय नगद रकम समेत लिएँ। 
nira pandey hatya aropi (4)1682847836.jpg

मैले लगाएको सर्ट तथा निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कुमा समेत रगत लागेकोले उक्त सर्ट खोली सो सर्ट तथा चक्कु समेत मैले बोकी ल्याएको झोलाभित्र हाली झोला बोकी भित्र पट्टि लगाएको कालो रंगको हाफ टि–सर्टमा बाहिर निस्की भाग्ने क्रममा केही परसम्म पैदल हिड्दै गई उक्त स्थानबाट नम्बर एकिन थाहा नभएको ट्याम्पुको अगाडी (चालकको बायाँ) पट्टिको सिटमा बसि चाबेलसम्म आएँ। 

चाबेलबाट नम्बर थाहा नभएको पठाओ (मोटरसाईकल) मा चढि जडिबुटी चोकसम्म गई उक्त चोकबाट म पुनः अर्को पठाओ मोटरसाईकलमा चढी सुरज साह समेतको डेरा कोठामा गएको थिएँ। साँझ पख खाना खाई म सोही कोठामा सुतें। भोलिपल्ट अर्थात ८ गते मैले सुरज साहको मोबाईल मागि चलाउने क्रममा सामाजिक सञ्जालमाफर्त निज निरा पाण्डे आचार्यलाई दिउँसै पसलभित्र अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उपचारको क्रममा महाराजगंजस्थित शिक्षण अस्पतालमा मृत्यु भएको भन्ने खबर छ्यापछ्याप्ती पाएको थिएँ।

त्यसपछि उक्त घटना सम्बन्धमा प्रहरीले मलाई पक्राउ गर्न सक्छ भनि मनमा डर पलाई म दिउँसोको समयमा कहिले पनि कोठाबाट बाहिर ननिस्की  कोठाभित्र बसिरहने गरेको थिएँ। मैले निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कु तथा घटना हुँदाको बखत मैले लगाएको सर्ट समेत सुरज साह समेतले देखि थाहा पाउछन् भन्ने सोंची उक्त सर्ट २ दिनपछि मैले सोही कोठामा रहेको फोहोर राख्ने बोरामा फालेको थिए। 

साँझ अँध्यारो भई सकेपछि चक्कुसमेत  कोठाबाट कोही कसैले थाहा नपाउने गरी लुकाई छिपाई साथमा बोकी ल्याई उक्त कोठा भन्दा अन्दाजी ५/७ मिनेटको दुरीमा आई खोलामा फालेको थिएँ। मैले निरा पाण्डे आचार्यको साथबाट डाँका गरी ल्याएको सुनको सिक्री बिक्री गरी आफ्नो खर्च जुटाई झापा जानु पर्‍यो भन्ने सोची वैशाख १२ गते म लोकन्थलिस्थित डेरा कोठाबाट गोंगबुस्थित बसपार्कसम्म आई मेरो चिनजानको साथी नरबहादुर बिश्वकर्माको तारकेश्वर–१० हिलेटोल स्थित रहेको सुनचाँदी पसलमा गई ५५ हजारमा सिक्री बेचेँ। 

उक्त पैसा लिई माछापोखरी पुल नजिकै भित्री गल्लिमा रहेको जनक मोबाईल पसलमा गई १० हजारमा मोबाइल खरिद गरी म सँगै रहेको सिम कार्ड उक्त मोबाईलमा हाली सोही स्थानबाट मैले नम्बर एकिन थाहा नभएको ट्याक्सी बुक गरी टोखा जलबिनायक चोकस्थित आफ्नो डेरा कोठामा गएँ।

कोठाबाट आफ्नो लगाउने लुगा कपडा लिई सोही ट्याक्सिमा बसि म लोकन्थली स्थित सुरज साहको डेरा कोठामा फिर्ता भएको थिएँ। साँझ पख उक्त कोठामा बस्ने शिबशंकर मण्डल डेरा कोठामा नआई साथीको डेरा कोठामा गएको थियो।
nira pandey hatya aropi (3)1682847835.jpg

उक्त साँझ मैले निज सुरज साहलाई यता बसेर कहि कतै नोकरी पाईएन, त्यतिकै यता बसेर के गर्ने, म भोलि घर जान्छु। आज अन्तिम दिन केही रमाईलो गर्नु पर्‍यो भनि मैले नै नजिकको पसलबाट डेरा कोठामा रक्सि तथा कुखुराको मासु ल्याई हामी दुबै जनाले रक्सी मासु खाई सुतेका थियौं। भोलि पल्ट बिहान उठि म तयार भई आफ्नो झोला लिई अन्दाजी ६ बजेको समयमा डेरा कोठाबाट निस्की ट्याक्सि बुक गरी बसपार्क सम्म गई बसपार्क बाट हाईसमा बसि ईटहरी गई दुई दिन ईटहरीस्थित नाम थाहा नभएको होटलमा बसेँ।

ईटहरीबाट झापाको बिर्तामोड गई होटलमा बस्दै आई रहेकोमा वैशाख १६ गतेको राति अन्दाजी १० बजेको समयमा म बिर्तामोड–५ ईलाम स्टेन स्थित हिँडडुल गरिरहेको अवस्थामा एक्कासी सादा पोसाकका प्रहरी टोलीले मलाई फेला पारी पक्राउ गरी उक्त राति मलाई झापाकै हिरासत कक्षमा राखि १७ गते काठमाडौं लयाएँ। 

मेरोविरुद्ध मृतक निरा पाण्डे आचार्यको श्रीमान योगेन्द्र आचार्यले ज्यान सम्बन्धी (कर्तब्य ज्यान) कसुर शिर्षकमा जाहेरी पेश गरेकोले प्रस्तुत मुद्धाको अनुसन्धानको सिलसिलामा हाल म प्रहरी वृत्त बौद्धको हिरासत कक्षमा रहेको छु, प्रहरीले अनुसन्धानको क्रममा घटनास्थल वरपर तथा चाबेल र जडिबुटीमा रहेका सिसिटिभिबाट संकलन गरी मिसिल संलग्न गरेको फुटेजमा देखिएको कालो रंगको हाफ टि–सर्ट, खैरो रंगको ट्राउजर, कालो रंगको जुत्ता र मुखमा मास्क लगाई पछाडि झोला बोकेको व्यक्ति मै हुँ।
निरा पाण्डेको हत्यामा संलग्न भएको आशंकामा नाइट क्लबका बाउन्सर पक्राउ
प्रहरी अनुसन्धानको प्रारम्भिक संकेत: सिक्री लुट्नका लागि निराको विभत्स हत्या!

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

नीरा पाण्डे घटना अनुसन्धान गर्न प्रहरीले बनायो ११ सदस्यीय समिति

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी बिहीबार, भदौ ११, २०८३
शवबाट कानको मुन्द्रा निकाल्ने २ युवा समातिए बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितलाई कोशी सरकारले ३ करोड दिने बिहीबार, भदौ ११, २०८३
जोखिममा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता वृद्धी गर्ने सरकारको निर्णय बिहीबार, भदौ ११, २०८३
हवाई उद्धार गरिएका २४१ नेपाली नागरिक त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा  (नामावली) बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्