• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी अनुसन्धानको प्रारम्भिक संकेत: सिक्री लुट्नका लागि निराको विभत्स हत्या! 

64x64
नारायण अधिकारी आइतबार, वैशाख १७, २०८०  ११:१५
1140x725
मृतक निरा र उनको हत्या आशंकामा पक्राउ परेका व्यक्ति (दायाँ)

काठमाडौं– काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्या लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ। कपनमा भाँडा–वर्तनको पसल चलाउँदै आएकी निरा वैशाख ७ गते आफ्नै पसलमा मृत फेला परेकी थिइन्। 

निराको पसलमा जाने नियमित ग्राहकले उनलाई रगताम्य अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीको टोलीले उनलाई ‘उपचारका लागि’ भनेर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

यो पनि पढ्नुहोस

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएअनुसार निराको हत्या भएको दिन (वैशाख ७ गते)  दिउँसो २ बजेर ४६ मिनेटमा एक व्यक्ति मोटरसाइकलबाट झरेर उनको पसलतर्फ अघि बढेका थिए। त्यसपछि ८ मिनेट बेपत्ता भएका ती व्यक्ति २ बजेर ५४ मिनेटमा केही परको सीसी क्यामेरामा कैद भएका थिए। त्यतिबेला पनि ती व्यक्तिको हुलिया एउटै थियो।

सर्भिलेन्स क्यामेराको सोही फुटेजका आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले निराको हत्या आशंकामा १ जनालाई पक्राउ गरेको छ। निराको हत्यामा संलग्न भएको धेरै आधारहरु देखिएको भन्दै प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ। 

यो पनि पढ्नुहोस

शंकास्पद देखिए तीन गतिविधि, १९ लाख म्याचुअर्ड भएकै दिन हत्या

घटनाको अनुसन्धानका क्रममा विश्वकर्माले ८ मिनेटभित्रमा हत्या गरेर लुटपाट गरी फरार भएको प्रहरीले दाबी गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसी क्यामेराको फुटेज हेर्ने क्रममा एक व्यक्ति शंकास्पद हुलिया र गतिविधिसहित निराको पसलतर्फ अघि बढेको पत्ता लगाएको थियो।

यो पनि पढ्नुहोस

निरा पाण्डेको हत्यामा संलग्न भएको आशंकामा नाइट क्लबका बाउन्सर पक्राउ

सीसी क्यामेराको फुटेजमा देखिएअनुसार ८ मिनेट बेपत्ता भएका ती व्यक्तिले नै हत्या गरेको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। हत्यापछि पनि ‘हत्यारा’ मोटरसाइकलमा चढेर गएको देखिएपछि प्रहरी परिसर काठमाडौंको टोली मोटरसाइकल चालकसम्म पुगेको थियो। 

ती मोटरसाइकल चालक इनड्राइभ (राइडिङ सेयरिङ एप) का राइडर भएको खुलेको थियो। अफलाइन बसेर ती राइडरले शंकास्पद गतिविधि गरेका व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याएको खुलेको थियो। 

Ncell 2
Ncell 2

झोला बोकेको, कपाल पछाडि फर्काएको, मुखमा मास्क लगाएको व्यक्ति सीसी क्यामेरामा कैद भए पनि ती को हुन् भन्नेबारे परिसरको टोलीले ठम्याउन सकेको थिएन। 

यो पनि पढ्नुहोस

निरा पाण्डे घटना अनुसन्धान गर्न प्रहरीले बनायो ११ सदस्यीय समिति

उक्त घटनामा परिसरका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएका थिए। 

सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको थियो। 

एआईजी बज्राचार्यको नेतृत्वमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्यूरोकै एसएसपी दिनेश आचार्य, एसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेत सम्मिलित ११ सदस्य टोली बनाएको थियो।

उक्त टोलीले सीसीटीभी फुटेजमा देखिएका, तर परिचय खुल्न नसकेका ती व्यक्तिलाई झापाबाट पक्राउ गरेको हो।झापा धुलाबारी घर भएका विश्वकर्मा काठमाडाैं नरेफाँट पछाडि मनोहरा खोलाको करिडोर नजिक एक घरको दोस्रो तलामा भाडामा बस्दै आएका थिए । प्रहरीले उनी बस्ने डेरा पत्ता लगाएर त्यहाँ पुग्दा विनोद थिएनन् । उनी झापा पुगेको सूचना आएपछि प्रहरीले झापाबाट उनलाई पक्राउ गरेको हो । 

उनी केही समय अगाडिसम्म काठमाडौं ठमेलको एउटा नाइट क्लबमा बाउन्सरको रुपमा कार्यरत रहेको समेत खुलेको छ। उनले ठमेलको बाउन्सरको काम विगत तीन महिनादेखि छाडेर पछिल्लो समय चाबहिलको क्लबमा बाउन्सरको काम गरेकाे खुलेको छ। 

पक्राउ परेका व्यक्तिले हत्यापछि निराको गलामा रहेको सुनको सिक्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शरिरका १८/२० ठाउँमा चक्कु प्रहार गरेर हत्या गरेपछि लुटपाट भएको प्रारम्भिक अनुसन्धान छ। 

लुटपाटपछि उक्त सिक्री बालाजुको एक सुन पसलमा लगेर बेचेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्