• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सडकदेखि संसदसम्म पुगेको नीरा हत्या घटना

शंकास्पद देखिए तीन गतिविधि, १९ लाख म्याचुअर्ड भएकै दिन हत्या

64x64
नारायण अधिकारी बुधबार, वैशाख १३, २०८०  १७:५३
1140x725

काठमाडौं- कपन, सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी नीरा पाण्डे आचार्य घटनामा तीन शंकास्पद गतिविधि देखिएको छ। अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न एंगलबाट अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा तीन वटा शंकास्पद गतिविधि देखिएका हुन्।

एक साताको अनुसन्धानको क्रममा प्रहरीले आर्थिक पाटोदेखि पारिवारिक पाटोसम्मका शंकास्पद गतिविधिमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे आफूहरुले टेक्निकल पाटोबाट अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए। 

नीराको हत्या भएपछि अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै आफन्तहरु सडकमा आउन थालेका छन्। बुधबारबाट यो विषय संसदमा समेत प्रवेश गरेको छ। सांसद गगनकुमार थापाले दिनदहाडै नीरा पाण्डेको हत्या हुँदा पनि अहिलेसम्म प्रहरीले पत्ता लगाउन किन सकेन भन्दै प्रश्न गरेका छन्। सत्यतथ्य पत्ता लगाएर हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सांसद थापाको भनाइ थियो। 

सडकदेखि संसदसम्म पुगेको नीरा हत्याकाण्डमा प्रहरी अनुसन्धानको क्रममा अहिलेसम्म देखिएका संकास्पद गतिविधिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ। 

१. उन्नाइस लाख म्याचुअर्ड भएकै दिन हत्या
नीराले फिक्स्ड डिपोजिटमा १९ लाख रुपैयाँ राखेको पाइएको छ। फिक्स्ड डिपोजिटमा राखेको १९ लाख रुपैयाँ वैशाख ७ गते म्याचुअर्ड भएको थियो। अर्थात् फिक्स्ड डिपोजिटमा राखेको म्याद वैशाख ७ गते सकिएको थियो। 

सोही दिन उक्त बैंकबाट १९ लाख रुपैयाँ निकालेर नीराले उक्त रकम अर्को बैंकमा राखेको देखिएको छ। ‘त्यही दिन १९ लाख म्याचुअर्ड हुनु, उक्त रकम अर्को बैंकमा ट्रान्सफर गरिनु र त्यति नै बेला हत्या भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

‘म्याचुअर्ड हुने दिनको भाका राखेर कसैलाई रकम दिन्छु भन्नु तर रकम दिनुको साटो अर्कै बैंकमा ट्रान्सफर गरेपछि आवेशमा रकम लिन आएको मान्छेले हत्या गरेको पनि हुन सक्ने आशंका गरेर हामी अनुसन्धान गरिरहेका छौं,’ ती अधिकृतले भने। 

२. झोलामा सामान प्याक
नीराको हत्या भएपछि घटनास्थल पुग्दा प्लाष्टिकको झोलामा कप, डाडुलगायतका भाँडाकुँडाहरु प्याक गरेको भेटिएको थियो। उक्त सामान कसका लागि अर्डर गरिएको थियो र प्याक गरेर राखेको अवस्थामा भेटियो? प्रश्न अनुत्तरित छ। 

Ncell 2
Ncell 2

कसैले सामान अर्डर गरेर लिन जाने बहाना बनाएर पसलसम्म पुगी नीराको हत्या गरेको हुन सक्ने आशंका गर्दै प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ। 

‘केही सामानहरु प्याक गरेको अवस्थामा भेटिएकाले सामान किन्न जाने बहानामा हत्या गरिएको हुनसक्ने आशंका पनि छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

३. श्रीमान्-श्रीमतीबीच देखिएन राम्रो सम्बन्ध 
अहिलेसम्मको अनुसन्धानको क्रममा नीरा र उनका श्रीमान् योगेन्द्र आचार्यबीच राम्रो सम्बन्ध नरहेको देखिएको छ। उनीहरुले एकअर्कालाई नै विश्वास गर्दैननथे। एकअर्काबीच विश्वास नभएपछि उनीहरुको सम्बन्ध पनि राम्रो नरहेको पाइएको छ। 

जस कारण उनीहरु छुट्टाछुट्टै पसल चलाउँदै आएको पनि पाइएको छ। यी दुईबीच विश्वास नै नभएका कारण उनीहरुका बाहिरी सम्बन्ध पनि रहेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 
नीराको हत्यापछि उनका श्रीमान् योगेन्द्रको गतिविधि निगरानी गर्दै प्रहरीले उनीमाथि पनि अनुसन्धान गरिरहेको छ।

हत्या कि आत्महत्या?
प्रहरीले नीराको आत्महत्या नभई हत्या नै भएको निष्कर्ष निकालेको छ। शरीरको अघिल्लोतर्फको भागमा १८/२० ठाउँमा चोट लागेको थियो। धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। 

प्रहरीले सुरुवाती क्रममा आत्महत्या गरेको पनि हुन सक्ने आंशकामा अनुसन्धान गरेको थियो। शरीरको अघिल्लो भागमा मात्रै चोट लागेकाले आत्महत्या हुनसक्ने आशंका गरिए पनि घटनास्थलमा कुनै हतियार फेला नपरेपछि प्रहरीले नीराको आत्महत्या नभई हत्या भएको निष्कर्ष निकालेको छ। 

हत्या नै भएको निष्कर्ष निकाले पनि प्रहरीले अहिलेसम्म कुनै तथ्य उजागर गर्न भने सकेको छैन। घटनास्थलबाट नीराको मोबाइल बरामद भएको छ। मोबाइलबाट धेरै कुरा खुल्न सक्ने अपेक्षा गर्दै फरेन्सिक जाँचका लागि पठाइएको छ। 

सीसीटीभीमा शंकास्पद गतिविधि
नीराको पसल तथा त्यस नजिकै सीसीटीभी नभए पनि वरपरका सीसीटीभी फुटेजको अनुसन्धानमा प्रहरी जुटेको छ। सो क्रममा एउटा मोटरसाइकलमा दुई जना आएको र एक जना केही पर ओर्लेर नीराको पसलतर्फ अघि बढेको देखिन्छ।यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे/छिरेनन् भन्ने दृश्य सीसीटीभीले कैद गरेको देखिँदैन। 

मोटरसाइकलबाट झरेर शंकास्पद रुपमा अघि बढेको देखिएपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार ती व्यक्ति पठाओ चढेर त्यहाँ पुगेको पाइएको छ। ‘शंकास्पद रुपमा अघि बढेको देखिएपछि हामीले त्यसतर्फ अनुसन्धान अघि बढाएका छौं। पठाओमार्फत ती व्यक्ति घटनास्थल नजिक पुगेको देखिन्छ। थप बुझ्ने काम भइरहेको छ,’ स्रोतले भन्यो।

यो पनि पढ्नुहोस

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्