• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सडकदेखि संसदसम्म पुगेको नीरा हत्या घटना

शंकास्पद देखिए तीन गतिविधि, १९ लाख म्याचुअर्ड भएकै दिन हत्या

64x64
नारायण अधिकारी बुधबार, वैशाख १३, २०८०  १७:५३
1140x725

काठमाडौं- कपन, सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी नीरा पाण्डे आचार्य घटनामा तीन शंकास्पद गतिविधि देखिएको छ। अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न एंगलबाट अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा तीन वटा शंकास्पद गतिविधि देखिएका हुन्।

एक साताको अनुसन्धानको क्रममा प्रहरीले आर्थिक पाटोदेखि पारिवारिक पाटोसम्मका शंकास्पद गतिविधिमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे आफूहरुले टेक्निकल पाटोबाट अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए। 

नीराको हत्या भएपछि अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै आफन्तहरु सडकमा आउन थालेका छन्। बुधबारबाट यो विषय संसदमा समेत प्रवेश गरेको छ। सांसद गगनकुमार थापाले दिनदहाडै नीरा पाण्डेको हत्या हुँदा पनि अहिलेसम्म प्रहरीले पत्ता लगाउन किन सकेन भन्दै प्रश्न गरेका छन्। सत्यतथ्य पत्ता लगाएर हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सांसद थापाको भनाइ थियो। 

सडकदेखि संसदसम्म पुगेको नीरा हत्याकाण्डमा प्रहरी अनुसन्धानको क्रममा अहिलेसम्म देखिएका संकास्पद गतिविधिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ। 

१. उन्नाइस लाख म्याचुअर्ड भएकै दिन हत्या
नीराले फिक्स्ड डिपोजिटमा १९ लाख रुपैयाँ राखेको पाइएको छ। फिक्स्ड डिपोजिटमा राखेको १९ लाख रुपैयाँ वैशाख ७ गते म्याचुअर्ड भएको थियो। अर्थात् फिक्स्ड डिपोजिटमा राखेको म्याद वैशाख ७ गते सकिएको थियो। 

सोही दिन उक्त बैंकबाट १९ लाख रुपैयाँ निकालेर नीराले उक्त रकम अर्को बैंकमा राखेको देखिएको छ। ‘त्यही दिन १९ लाख म्याचुअर्ड हुनु, उक्त रकम अर्को बैंकमा ट्रान्सफर गरिनु र त्यति नै बेला हत्या भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

‘म्याचुअर्ड हुने दिनको भाका राखेर कसैलाई रकम दिन्छु भन्नु तर रकम दिनुको साटो अर्कै बैंकमा ट्रान्सफर गरेपछि आवेशमा रकम लिन आएको मान्छेले हत्या गरेको पनि हुन सक्ने आशंका गरेर हामी अनुसन्धान गरिरहेका छौं,’ ती अधिकृतले भने। 

२. झोलामा सामान प्याक
नीराको हत्या भएपछि घटनास्थल पुग्दा प्लाष्टिकको झोलामा कप, डाडुलगायतका भाँडाकुँडाहरु प्याक गरेको भेटिएको थियो। उक्त सामान कसका लागि अर्डर गरिएको थियो र प्याक गरेर राखेको अवस्थामा भेटियो? प्रश्न अनुत्तरित छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कसैले सामान अर्डर गरेर लिन जाने बहाना बनाएर पसलसम्म पुगी नीराको हत्या गरेको हुन सक्ने आशंका गर्दै प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ। 

‘केही सामानहरु प्याक गरेको अवस्थामा भेटिएकाले सामान किन्न जाने बहानामा हत्या गरिएको हुनसक्ने आशंका पनि छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

३. श्रीमान्-श्रीमतीबीच देखिएन राम्रो सम्बन्ध 
अहिलेसम्मको अनुसन्धानको क्रममा नीरा र उनका श्रीमान् योगेन्द्र आचार्यबीच राम्रो सम्बन्ध नरहेको देखिएको छ। उनीहरुले एकअर्कालाई नै विश्वास गर्दैननथे। एकअर्काबीच विश्वास नभएपछि उनीहरुको सम्बन्ध पनि राम्रो नरहेको पाइएको छ। 

जस कारण उनीहरु छुट्टाछुट्टै पसल चलाउँदै आएको पनि पाइएको छ। यी दुईबीच विश्वास नै नभएका कारण उनीहरुका बाहिरी सम्बन्ध पनि रहेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 
नीराको हत्यापछि उनका श्रीमान् योगेन्द्रको गतिविधि निगरानी गर्दै प्रहरीले उनीमाथि पनि अनुसन्धान गरिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हत्या कि आत्महत्या?
प्रहरीले नीराको आत्महत्या नभई हत्या नै भएको निष्कर्ष निकालेको छ। शरीरको अघिल्लोतर्फको भागमा १८/२० ठाउँमा चोट लागेको थियो। धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। 

प्रहरीले सुरुवाती क्रममा आत्महत्या गरेको पनि हुन सक्ने आंशकामा अनुसन्धान गरेको थियो। शरीरको अघिल्लो भागमा मात्रै चोट लागेकाले आत्महत्या हुनसक्ने आशंका गरिए पनि घटनास्थलमा कुनै हतियार फेला नपरेपछि प्रहरीले नीराको आत्महत्या नभई हत्या भएको निष्कर्ष निकालेको छ। 

हत्या नै भएको निष्कर्ष निकाले पनि प्रहरीले अहिलेसम्म कुनै तथ्य उजागर गर्न भने सकेको छैन। घटनास्थलबाट नीराको मोबाइल बरामद भएको छ। मोबाइलबाट धेरै कुरा खुल्न सक्ने अपेक्षा गर्दै फरेन्सिक जाँचका लागि पठाइएको छ। 

सीसीटीभीमा शंकास्पद गतिविधि
नीराको पसल तथा त्यस नजिकै सीसीटीभी नभए पनि वरपरका सीसीटीभी फुटेजको अनुसन्धानमा प्रहरी जुटेको छ। सो क्रममा एउटा मोटरसाइकलमा दुई जना आएको र एक जना केही पर ओर्लेर नीराको पसलतर्फ अघि बढेको देखिन्छ।यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे/छिरेनन् भन्ने दृश्य सीसीटीभीले कैद गरेको देखिँदैन। 

मोटरसाइकलबाट झरेर शंकास्पद रुपमा अघि बढेको देखिएपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार ती व्यक्ति पठाओ चढेर त्यहाँ पुगेको पाइएको छ। ‘शंकास्पद रुपमा अघि बढेको देखिएपछि हामीले त्यसतर्फ अनुसन्धान अघि बढाएका छौं। पठाओमार्फत ती व्यक्ति घटनास्थल नजिक पुगेको देखिन्छ। थप बुझ्ने काम भइरहेको छ,’ स्रोतले भन्यो।

यो पनि पढ्नुहोस

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्