• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खाद्यान्नको मूल्य नीति नहुँदा व्यापारी र बिचौलियाबाट ठगिन्छन् उपभोक्ता

64x64
कल्पना घिमिरे बुधबार, माघ २५, २०७९  १५:२९
1140x725

काठमाडौं– नेपालमा खाद्यान्नको बजार-भाउ छिटो-छिटो घट्ने र बढ्ने भइरहन्छ। सरकारले मूल्य नीति नल्याउँदा यसरी बजार मूल्य घटबढ हुने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन्।

सरकारले मूल्य नीति नल्याउँदा व्यापारी र बिचौलियाले आफूखुसी मूल्य राखेर उपभोक्तालाई ठगिरहेको उनीहरुको आरोप छ। सरकारले खाद्यान्नको मूल्य नीति नल्याउँदा उपभोक्ता महँगीको मारमा परेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले बताए।

‘मूल्य नीति नहुँदा व्यापारीहरुले मनपरी मूल्य राखेर बिक्री गर्दा कालोबजारी बढेको छ। यसरी मूल्य बढ्दा उपभोक्ता दिनहुँ मारमा परिरहेका छन्। अहिले बजार अनुगमनप्रति सरकारका मातहतका निकाय मौन छन्। यसप्रति सरकारको ध्यान जाओस्,’ उनले भने।

त्यस्तै सरकारले केही सीमित खाद्य सामग्रीको मात्र मूल्य निर्धारण गर्ने गरेको र खुला बजारमा व्यापारीहरुले आफूखुसी उचित मूल्य राखेर व्यापार–व्यवसाय गर्न पाउने व्यवस्था रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्।

‘सरकारले सबै खाद्यान्नको मूल्य निर्धारण गर्ने व्यवस्था छैन। चिनी, नुन, धान लगायतका वस्तुको मूल्य निर्धारण सरकारले गरिदिन्छ। यसले गर्दा व्यापारीहरुले आफूखुसी मूल्य राख्छन्। उनीहरुले मूल्य राख्ने क्रममा नियम विपरीत मूल्य राखेर बिक्री गरेको पाइयो भने उजुरीका अधारमा वा अनुगमनका आधारमा हामीले त्यस्ता व्यवसायीलाई कारबाही गर्छौं,’ उनले भने।

यतिबेला बजारमा विभिन्न खाद्यान्नको मूल्य घटेको छ। दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, तेल लगायतका खाद्यान्नको खुद्रा मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ। तर खुद्रा व्यापारीहरुले मूल्य घटे पनि पुरानै मूल्यमा बिक्री गरिरहेको उपभोक्ताको गुनासो छ।

‘यो खाद्यान्नको मूल्य घट्ने–बढ्ने भइरहन्छ। केही समयका लागि घटेको छ। फेरि बढ्दैछ। होलसेलवालाले बढाउने बित्तिकै खुद्रा मूल्य बढ्छ,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने।

चामलको मूल्य घट्यो
पुसको दोस्रो साता र माघको पहिलो साता त्रिशुलीको पोखरेली चामल प्रतिकेजी ९५ रुपैयाँमा बिक्री भइरहेको थियो। माघको दोस्रो सातामा आइपुग्दा उक्त चामलको मूल्य प्रतिकेजी पाँच रुपैयाँले घटेर ९० रुपैयाँमा आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सोही समयमा स्टिम जिरा मसिनो चामलमा प्रतिकेजी ८५ रुपैयाँ पथ्र्यो। माघको पहिलो साता उक्त चामल प्रतिकेजी पाँच रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको थियो। माघको दोस्रो साता आइपुग्दा उक्त चामलको मूल्यमा २० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ।

ताइचिन चालमा भने प्रतिकेजीमा १० रुपैयाँ बढेको छ। पुसको दोस्रो साता र माघको पहिलो सातामा उक्त चामलको मूल्य प्रतिकेजी एक सय रुपैयाँ पथ्र्यो भने अहिले प्रतिकेजी ११० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ।

चिउरामा पनि प्रतिकेजीमा पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। तराई ताइचिन चिउरा प्रतिकेजीमा ४० रुपैयाले घटेको छ।

तर, खुद्रा पसलहरुमा चामलको मूल्य उही पुसको दोस्रो साताको मूल्य अनुसार बिक्री भइरहेको पाइएको छ। कालिमाटीको एक खुद्रा पसलमा त्रिशुलीको पोखरेली चामल प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भइरहेको छ। उक्त पसलमा स्टिम जिरा मसिनो चामल पुरानै मूल्य प्रतिकेजी ९० रुपैयाँमा बिक्री भइरहेको छ।

Xtrem

Xtrem

त्यस्तै कुलेश्वरको एक किराना पसलमा पनि चामलको मूल्य पुरानै पाइएको छ। कलंकीका किराना पसलहरुमा पनि चामलको मूल्य उही पुरानै मूल्य पाइएको छ।

दाल तथा गेडागुडीको मूल्य घट्यो
दैनिक भान्सामा प्रयोग हुने दाल तथा गेगागुडीमा प्रतिकेजी पाँच रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म मूल्य घटेको छ। केहीमा बढेको पनि छ। केहीको मूल्य भने स्थिर रहेको देखिन्छ।

daal-data1675329432.jpg

मासको दाल पुसको दोस्रो साता प्रतिकेजी एक सय ९० रुपैयाँ थियो भने माघको दोस्रो साता २० रुपैयाँ घटेर प्रतिकेजी १७० पुगेको छ। त्यस्तै सोही अवधिमा कालो भटमास प्रतिकेजी २८० रुपैयाँ थियो। माघको दोस्रो साता उक्त भटमास प्रतिकेजी १२० रुपैयाँ घटेर प्रतिकेजी १६० रुपैयाँमा आएको छ। तर खुद्रा व्यापारीहरुले दाल तथा अन्य गेडागुडीको मूल्य घटे पनि पुरानै मूल्यमा बिक्री गरिरहेका छन्। 

अन्न, पिठो लगायतका खाद्यान्नको मूल्य घट्यो
गहुँ, मकै तथा मकै–चामलको पिठो र बेसनको मूल्यमा पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म घटेको छ। पुसको दोस्रो साता र माघको पहिलो साता प्रतिकेजी ७० रुपैयाँ पर्ने गहुँ २५ रुपैयाँले घटेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ।

anna-data1675329432.jpg

पुसको दोस्रो साता प्रतिकेजी एक सय रुपैयाँ पर्ने सुजी माघको पहिलो साता १० रुपैयाँ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ। माघको दोस्रो सातमा आइपुग्दा ५० रुपैयाँले घटेर प्रतिकेजी ६० रुपैयाँ पुगेको छ।

खाने तेल चिनीको मूल्य घट्यो
चिनी र खाने तेलको खुद्रा मू्ल्य घटेको छ। माघ दोस्रो साता बजारमा खाने तेलको मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ।

पुसको दोस्रो साता र माघको पहिलो साता चिनीको मूल्य प्रतिकेजी ९५ रुपैयाँ थियो। माघको दोस्रो सातामा आइपुग्दा चिनीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको छ।

पुसको दोस्रो साता र माघको पहिलो साता नेपाली घ्यूको खुद्रा मूल्य प्रतिकेजी १२ सय रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिकेजी तीन सय रुपैयाँका दरले घटेको छ। उक्त घ्यूको अहिलेको खुद्रा मूल्य प्रतिकेजी ९ सय रुपैयाँ रहेको खुद्रा व्यापार संघले जनाएको छ। 

माघको पहिलो साता भुटेको तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर चार सय रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर ५० रुपैयाँले घटेर प्रतिलिटर तीन सय रुपैयाँ पुगेको छ।

काँचो तोरीको तेल पनि माघको पहिलो साता प्रतिलिटर एक सय २० रुपैयाँले घटेर प्रतिलिटर दुई सय ४० रुपैयाँमा आएको छ। उक्त तेलको माघको पहिलो साताको खुद्रा मूल्य प्रतिलिटर तीन सय ६० रुपैयाँ थियो।

भटमासको तेल र डाल्डा घ्यूमा पनि माघको पहिलो साताको खुद्रा मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटेको छ। माघको पहिलो साता भटमासको तेलको मूल्य प्रतिलिटर दुई सय ४० रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर दुई सय २० रुपैयाँ रहेको खुद्रा व्यापार संघको मूल्यसूचीमा उल्लेख छ।

पुसको पहिलो साता डाल्डा घ्यूको मूल्य प्रतिलिटर ३३५ रुपैयाँ थियो। उक्त घ्यूको मूल्य माघको पहिलो साता प्रतिलिटर पाँच रुपैयाँले घटेर दुई सय ३० रुपैयाँ थियो। दोस्रो सातामा घटेर प्रतिलिटर दुई सय १० रुपैयाँ रहेको छ।

पुसको दोस्रो सातामा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो। माघको पहिलो साता उक्त तेलको खुद्रा मूल्य पाँच रुपैयाँले बढेर प्रतिलिटर दुई सय ५५ रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर दुई सय ४० रुपैयाँ रहेको छ। तर खुद्रा व्यापारीहरुले तेल तथा घ्यू घट्दा नघटाई पुरानै मूल्यमा बिक्री गरिरहेका छन्।

एक महिनामा जिरामा ३८५ रुपैयाँ घट्यो
पुसको दोस्रो साता जिराको मूल्य प्रतिकेजी ६१० रुपैयाँ थियो। माघको पहिलो सातामा उक्त जिराको मूल्य बढेर प्रतिकेजी ७५० रुपैयाँ पुगेको थियो। फेरि माघको दोस्रो सातामा आइपुग्दा फेरि ३८५ रुपैयाँ घटेर उक्त जिराको मूल्य प्रतिकेजी ३६५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको मूल्यसूचीमा देखिन्छ।

गेडा धनियाँको मूल्य पनि घटेको देखिन्छ। पुसको दोस्रो सातादेखि माघको पहिलो सातासम्म उक्त धनियाँको मूल्य प्रतिकेजी ३४० रुपैयाँ खुद्रा व्यापार संघले तोकेको थियो। उक्त धनियाँको मूल्य माघको दोस्रो सातामा १४० रुपैयाँ घटेर प्रतिकेजी दुई सय रुपैयाँ रहेको खुद्रा व्यापार संघले जनाएको छ।

त्यस्तै सोही अवधिमा बेसार जिरा पाउडर, धनियाँ पाउडर, खुर्सानी पाउडरको मूल्यमा ५० रुपैयाँसम्म मूल्य कम भएको देखिन्छ। कालो तिल र कैलो तिलको मूल्यमा ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। सेतो तिल, मेथी र ज्वानोको मूल्य भने स्थिर रहेको छ।

तरकारी तथा फलफूलको मूल्य 
दैनिक भान्सामा अत्यधिक प्रयोग हुने तरकारी तथा फलफूलको मूल्यमा दैनिक घटबढ भइरहन्छ। थोक मूल्य बढ्दा खुद्रा व्यापारीहरुले पनि मूल्य बढाउँछन्। तर घट्दा नघटाउने र पुरानै मूल्यमा बिक्री गर्दा उपभोक्ता मारमा पर्ने गरेका छन्। 

पुसको दोस्रो साता रातो आलुको कालीमाटी तरकारी बजारको अघिकतम थोक मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो। उक्त आलु खुद्रा व्यापारीहरुले प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री गरेका थिए।

tarkari-data1675329432.jpg

उक्त आलुको मूल्य माघको पहिलो साता कालीमाटी तरकारी बजारको अधिकतम थोक मूल्य १४ रुपैयाँले घटेर प्रतिकेजी ३६ रुपैयाँ थियो तर खुद्रा व्यापारीहरुले पुरानै मूल्यमा बिक्री गरेको पाइयो।

त्यस्तै माघको दोस्रो सातामा कालीमाटी तरकारी बजारमा थोक मूल्य अधिकतम प्रतिकेजी ३० रुपैयाँ तोकिएको छ। तर खुद्रा व्यापारीहरुले पुसको दोस्रो साताको मूल्य अनुसार नै बिक्री गरिरहेको पाइएको छ। 

तरकारी तथा फलफूलको मूल्य घटबढ हुनुमा मौसम, उत्पादन र भाडादरले फरक पार्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले बताए।

‘मौसम अनुसार फलफूल तथा तरकारीको मूल्य घटबढ हुन्छ। त्यस्तै उत्पादन बढ्दा मूल्य घट्छ। बजारमा माग बढी छ भने उत्पादन कम हुँदा मूल्यवृद्धि हुन्छ। यो निरन्तर चलिरहने प्रक्रिया हो। केही मात्रामा भाडादर बढ्दा पनि तरकारीको मूल्यवृद्धि हुन्छ,’ उनले भने।

सम्बन्धित सामग्री:

किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
मूल्यवृद्धि नियन्त्रण गर, उपभोक्ता अदालत गठन गर  
पाइला–पाइलामा ठगिँदै उपभोक्ता
 अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:२९
  • #पाइला–पाइलामा ठगिँदै उपभोक्ता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्