• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पाइला–पाइलामा ठगिँदै उपभोक्ता

विष्णु तिमिल्सिना आइतबार, माघ २२, २०७९  १८:०९
1140x725

काठमाडौं– सरकारले बेला–बेला बजार अनुगमन गर्ने गरेको छ। तर, अनुगमन प्रभावकारी भएको छैन। अनुगमन मनपरी भएको छ। खुद्रा व्यापार संघले एक मूल्य तोकेको छ। तर, बजारमा अर्को मूल्य छ। अहिले बजारमा ग्राहक अनुसारको मूल्य छ। 

कालोबजारी मौलाउँदो छ। सरकारको अनुगमन वर्षमा मौसमी हुन्छ। यो समस्या उपभोक्ताका लागि हरेक दिनको हो। हरेक दिन ठगिएका छन्। ठूला कलकारखाना होस् वा किराना पसल। सबै ठाउँबाट उपभोक्ताको ढाड सेकिएको छ। 

उपभोक्ताहरु ठूला बिगमार्टमा सामान किन्नको लागि जाँदा एक किसिमको मूल्य छ भने अन्य पसलमा अर्को मूल्य हुन्छ। भाटभटेनी लगायतका ठूला पसलहरुले कुनै सामानको मूल्य एकदम सस्तो राखेर अन्य सामानमा चाहिँ ठूलो नाफा राखेर उपभोक्ताहरुलाई ठगेका छन्। 

खुद्रा व्यापार संघले एक प्रकारको मूल्यसूची देखाए पनि अहिले सामानको मूल्य अचाक्ली बढेको छ। फलफूल र तरकारी त किन्न नै नसक्ने अवस्था छ। केही समय पहिलेसम्म १७/१८ सयमा पाइने २५ केजीको चामलको मूल्य अहिले २१ सय देखि २४ सयसम्म पुगेको छ।

अझ बजारमा विभिन्न नामका ब्राण्डका सामानहरु देख्न सकिन्छ। तर, तिनले भने अनुसारको सामान बेचिरहेका छन् कि छैनन् भनेर परीक्षण नै हुँदैन। विभिन्न ब्राण्डको नाममा भित्रने चामल कहाँ उत्पादन भएको, खान योग्य छ कि छैन, प्याकेटमा उल्लेख भएको जति तौल छ कि छैन भनेर परीक्षण हुँदैन। जसका कारण उपभोक्ता मारमा परेका छन्। 

बजार अनुगमन
बजारमा उत्पादन, वितरण र उपभोक्ता हुन्छन्। बजार यी तीन तहमा बाँडिएको छ। तर, नेपालमा यी तीन क्षेत्रमा मात्र सीमित छैन्। उत्पादनकर्ता पछि तह–तहमा विचौलिया छन्। किसान र उत्पादकबाट निकै सस्तोमा खरिद हुन्छ। तर त्यही समान पछि किन्दा विचौलियाका कारण महंगो मूल्य तिर्न बाध्य हुन्छन्। 

विचौलिया हावी हुनुमा प्रमुख कारण अहिलेको खुला बजार नै हो। किसानले सस्तोमा बिक्री गर्छन् तर त्यो वस्तु बजारसम्म पुग्दा विचौलियाका कारण महंगो भइसकेको हुन्छ। 

बजारमा सामान बिक्री गर्दा व्यापारीले ग्राहकको अनुहार हेरेर मूल्य तोक्ने गरिएकोसमेत छ। जसका कारण बजारमा अराजकता सिर्जना भएको छ। यसलाई कम गर्नका लागि बजार अनुगमन गरेर मात्रै हुँदैन, समस्या देखिएको खण्डमा कडा कारबाही पनि हुनुपर्छ। कोही पनि बजारदेखि सन्तुष्ट छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले बजार अनुगमन गर्नका लागि तालुकदार निकायमा उपभोक्ताले उजुरी गर्नुपर्ने अवस्था छ। तर, उपभोक्ताहरु उजुरीको झमेलामा पर्न चाहँदैनन्। अनुगमन भइहालेमा पनि अनुगमनकर्ता र व्यापारीबीच मोलमोलाई हुनेगर्छ। हामी उपभोक्ता अधिकारकर्मीले जोडबल गर्दा मात्रै ठगी गर्नेहरु पक्राउ पर्छन्। तर कारबाही नै नगरी छोडिन्छ। 

यति मात्र होइन कारबाही भएमा पनि कालोबजारीको तत्कालीन अवस्थामा लिएको फाइदाको मात्रै जरिवाना हुन्छ। त्यसकारण लामो समयदेखि उपभोक्ताबाट भएको ठगीबाट व्यापारी उम्किहाल्छ। उपभोक्ता ठगेर करोडौं कमाउनेलाई केही हजार जरिवाना गरेर छाडिनुले पनि उपभोक्तामाथि हुने ठगीको श्रृंखला रोकिन सकेको छैन। 

अहिले बजारमा सुशासन छैन। जुनसुकै वस्तु खरिदका लागि जाँदा पनि आफू नठगिनुपरोस् भन्ने आम उपभोक्ताको चाहना हुन्छ। यो चाहना पूरा गर्ने दायित्व राज्यको हो। तर, राज्य आफ्नो भूमिका निभाउनबाट चुकेको छ। 

अनलाइनमा उपभोक्ता ठगी
कोरोनापछि लकडाउन भयो। मानिसको जीवनशैली फेरियो। अनलाइन उपभोक्ता बढे। अनलाइनमार्फत् नै सामान किन्नेहरुको संख्या बढेको छ। अनलाइनमा सामानको मूल्य निश्चित तोकिने भएकाले उपभोक्ताहरुलाई बजारमा मोलमोलाई गर्नुभन्दा सहज भएको होला।

सामानको मूल्य निश्चित तोकिने हुँदा अनलाइनमार्फत् उपभोक्तालाई सहज हुने कुरा ठीक हो। तर, नेपालको सन्दर्भमा त्यस्तो भएको पाइएको छैन। फोटोमा देखाउने एउटा गुणस्तरमा अर्कै हुन्छ। यस्तो गुनासोहरु धेरै आउने गरेका छन्। 

अझ अनलाइन व्यवसाय दर्ता नहुने हुँदा उपभोक्ताहरु आफूलाई सामान मन नपरे फिर्तासमेत गर्न पाउँदैनन्। कानुनले नै कुनै सामान मन नपरे किनेको ७ दिनसम्म फिर्ता गर्ने अधिकार दिएको छ। तर, अनलाइनमा खरिद गरिएको सामान मन नपरेमा फिर्ता गर्न सहज छैन।

दर्ता नभएका अनलाइन व्यापारीलाई राज्यले चिन्दैन। त्यसैले कसलाई कारबाही गर्ने भन्ने समस्या छ। यसलाई अनुगमन गर्नु अर्को समस्या छ। मूल्य  मनलाग्दी हुन्छ। ५९९ जसरी मूल्य राखेको हुन्छ। सुन्दाखेरी ५ सय जस्तो देखिन्छ तर त्यो होइन। यसरी पनि अनलाइनमार्फत् उपभोक्ता ठगिएका छन्। यसरी ठगिएकाहरुले उपभोक्ता अधिकारकर्मीकहाँ आएर निवेदनसमेत दिएका छन्। पछिल्लो समय यो क्रम बढ्दो छ। 

तर, पनि यहाँ रेकर्ड भने छैनन्। कानुनसम्म आए व्यापारी भने डराउँछन्। उपभोक्ता हितसंरक्षण मञ्चमा आएका सबै मुद्दा सल्टिएका छन्। न्यायको प्रत्याभूति गर्न पाएका छन्। 

उपभोक्ता अदालतको आवश्यकता
यसै पनि नेपालमा न्याय दिने प्रक्रिया निकै ढिलो छ। ४० हजारको सामानको लागि लाखौं मूल्य बराबरको र पैसा खर्च गर्न चाहँदैनन्। न्यायको प्रक्रियामा ढिलाई हुनाले उपभोक्ताहरु आफू ठगिएको कुरालाई गुपचुप राख्न बाध्य छन्। कानुनी प्रक्रिया झन्झटिलो छ। कानुनी उल्झन र झन्झटको समाधानका लागि उपभोक्ता अदालतको गठन गर्न माग गरिएको छ। 

साझा यातायातका एकजना यात्रुले उपभोक्ता हितसंरक्षण मञ्चमा आएर निवेदन दिए। थानकोटबाट स्वयम्भूसम्मको भाडा दर रु २० छ। तर, यात्रुबाट २४ रुपैयाँ लिन्छ। यो कुरा उपभोक्ता मञ्चसम्म पुग्यो। यसले एक जनाको ५ रुपैयाँ ठगे पनि समग्रमा धेरै जनाको मोटो रकम ठगियो। यो समस्याको समाधान कहाँ कसरी गर्ने?  सबै नागरिक उपभोक्ता हुन्। यस्तो अवस्थामा उपभोक्ता अधिकारलाई सुनिश्चित गर्नका लागि उपभोक्ता अदालतको आवश्यकता छ। 

सानो–सानो ठगीलाई इग्नोर गर्ने बानी छ। यस्तो खालको समस्याको समाधान गर्ने निकाय कहाँ छ भन्ने पनि उपभोक्तालाई जानकारी छैन। कानुन विपरीत कार्यलाई कसरी कानुनी दायरामा ल्याउँनुपर्छ? उपभोक्ताको समस्या सुन्ने राज्य चाहिन्छ। यी र यस्तै खालको समस्याको समाधानका लागि उपभोक्ता अदालत चाहिन्छ।

स्थानीय तहलाई अधिकार
उपभोक्ता हित संरक्षणका लागि सरकारी र गैरसरकारी संस्था छन्। स्थानीय, प्रदेश र संघ गरी देशमा तीन प्रकारका सरकार छन्। कानुनी रुपमा स्थानीय सरकारलाई यसको अधिकार दिएको छ। वडामा उपभोक्ताले उजुरी दिन सक्नेछन्। 

उपमेयर वा उपाध्यक्षसँग न्यायिक समिति र बजार अनुगमनको कार्यक्षेत्र छ। उपभोक्ता हित संरक्षणको अध्यक्ष नै उपमेयर वा उपाध्यक्ष हुने व्यवस्था छ। बजार अनुगमनको नेतृत्व उपमेयर वा उपाध्यक्षले लिएको छ। स्थानीय सरकारले नै यो सम्बन्धी ऐन बनाउने सक्ने व्यवस्था छ। 

उपभोक्ताका हक सुनिश्चित गर्न स्थानीय तहलाइ अधिकार दिइएको हव। स्थानीय तहमा कुनै दलका मान्छे छन्। व्यापारी पनि तिनकै मान्छे छन्। जसले गर्दा यसले पनि उपभोक्ता मारमा छन्। 

अर्को भनेको सिधैं प्रहरी कार्यालय हो। उपभोक्ता ठगिएको खण्डमा उजुरी दिन सकिने हो। जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई उपभोक्ता अधिकारसम्बन्धी तालिम दिँदै आएको छ। प्रदेशमा उपभोक्ता हित संरक्षण निर्देशनालय छ। 

खाद्य निरीक्षक, नापतौल निर्देशक, उपभोक्ता संरक्षण विभाग छन्। उपभोक्ता हित संरक्षण तथा सुशासन संसदीय समिति छ। संविधानमा धारा ४४ मा उपभोक्तालाई मौलिक हकका रुपमा राखेको छ। क्षतिपूर्तिसहितको हक छ। संरचना यसरी निर्माण गरिएका छन्।

नेपाललाइभकर्मी सुरेन्द्र बजगाईं र धनु विश्वकर्माले गरेको कुराकानीमा आधारित 

सम्बन्धित सामग्री:

किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
मूल्यवृद्धि नियन्त्रण गर, उपभोक्ता अदालत गठन गर
पाइला–पाइलामा ठगिँदै उपभोक्ता

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १८:०९
  • #पाइला–पाइलामा ठगिँदै उपभोक्ता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह?
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । बुधबार, भदौ ३१, २०८३
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तय... बुधबार, भदौ ३१, २०८३
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद म... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्