• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मूल्यवृद्धि नियन्त्रण गर, उपभोक्ता अदालत गठन गर

64x64
नेपाल लाइभ आइतबार, माघ २२, २०७९  २०:२१
1140x725

केही समयअघि व्यापारीहरूले बजारमा चिनीको मूल्य एक्कासी बढाए। सर्वत्र आलोचना भएपछि उक्त ‘कदम’बाट व्यापारीहरू फिर्ता भए। खाने तेलमा पनि त्यस्तै भयो। व्यापारीहरूले नै मनलाग्दी रूपमा मूल्य तोकेपछि चौतर्फी विरोध भयो र मूल्यवृद्धि फिर्ता भयो।

यता, किसानहरू भने आफूले उत्पादन गरेको तरकारी तथा फलफूलले उचित बजार नपाएको भन्दै आन्दोलनरत छन्। केही दिन पहिले चितवनका कृषकहरूले सडकमा नै आफैंले फलाएको तरकारी तथा फलफूल सडकमा फ्याँकेर विरोध गरे।

देशका प्रधानमन्त्री, अर्थशास्त्री र वैकल्पिक राजनीति गर्छु भनेकाहरूलाई सदनसम्म पुर्‍याउने चितवनका जनता उचित मूल्य नीति नबन्दा आफैंले उत्पादन गरेको तरकारी तथा फलफूल सडकमा फाल्न बाध्य भएका हुन्।

सामान्यतया बजारसँगको सम्बन्ध उत्पादक, वितरक र उपभोक्तामा अन्तरसम्बन्धित हुनु पर्ने हो। तर नेपालको सन्दर्भमा भने बजारमा बिचौलियाको राज भएको आरोप लगाइँदै आएको छ।  उत्पादक र उपभोक्ताको बीचमा बसेर नाफाखोरी गर्ने बिचौलिया नियन्त्रण गर्नको लागि सरकारले उचित प्रबन्ध गर्न सकेको छैन। 

अझ बजारमा सामान किन्दा व्यापारीले ग्राहकको अनुहार हेरेर मूल्य तोक्ने गरेका छन्, जसका कारण बजारमा अराजकता सिर्जना भइरहेको छ। यो कम गर्नको लागि बजार अनुगमनको आवश्यकता छ। 

उपभोक्ताहरू दैनिक उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट आक्रान्त बनेका छन्। यसको लागि निरन्तर बजार अनुगमनको आवश्यकता छ। संघीय सरकारले मात्रै अनुगमन र मूल्यांकन गर्न नसकेपछि स्थानीय सरकारलाई पनि बजार अनुगमनको अधिकार दिइएको छ। तर संघीय मन्त्रीदेखि स्थानीय सरकारका उपप्रमुखहरू पनि दसैँ-तिहारको बेलामा मात्रै बजार अनुगमन भन्दै बजार डुल्ने गरेका छन्। त्यसरी वर्षमा एक पटक हुने अनुगमन प्रभावकारी भएको देखिँदैन।

उपभोक्ताहरू नुनदेखि सुनसम्म किन्दा ठगिने गरेका छन्। तर उनीहरूलाई आफू ठगिएपछि कहाँ उजुरी गर्ने थाहा छैन। यदि कोही उपभोक्ताले आफू ठगिएको थाहा पाए पनि अदालती प्रक्रिया लामो हुने भएकोले पनि समय र पैसाको खर्च हुने भन्दै उजुरी नै गर्न जाँदैनन्। त्यसैले लामो समय देखि उपभोक्ता अदालतको बारेमा चर्चा हुँदै आएको छ।

आजभन्दा २५ वर्ष पहिले अर्थात् विसं २०५४ सालमा संसद्‌बाट ‘उपभोक्ता ऐन, २०५४’ जारी गरिएको  थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्ता वर्गलाई संरक्षण प्रदान गर्ने उद्देश्यका साथ उक्त ऐन बनेको थियो। त्यतिबेला नै उपभोक्ता अदालतको परिकल्पना गरिएको थियो। त्यसपछि बेलाबेला उपभोक्ता अदालतको चर्चा हुने गरे पनि गठन हुन भने सकेको छैन।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६५ ले उपभोक्ता संरक्षण ऐन, २०५४ लाई खारेज ग-याे। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालत गठनसम्बन्धी व्यवस्था र दफा ५० ले क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गरेको छ। त्यति मात्रै हैन संविधानको धारा ४४ मा उपभोक्ताको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको हो।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट तत्कालीन समयमा कुमारी खरेलले सर्वोच्च अदालतमा उपभोक्ता अदालत स्थापना गरिपाऊँ भन्दै रिट दर्ता गरेकी थिइन्। २०७८ फागुन ८ मा कुमारी खरेलले दायर गरेको मुद्दामा गत असोज ९ गते फैसला गर्दै सरकारका नाममा उपभोक्ता अदालत गठन गर्न परमादेश दिएको थियो। तर उपभोक्ता अदालत गठनको कुनै पहल नै भएको छैन।

संविधानले नै उपभोक्ताको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको र सर्वोच्चले उपभोक्ता अदालत गठन गर्न परमादेश दिएकाले तत्काल उपभोक्ता अदालत गर्न आवश्यक छ।

Xtrem

Xtrem

 

सम्बन्धित सामग्री:

मूल्यवृद्धि नियन्त्रण गर, उपभोक्ता अदालत गठन गर
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
पाइला–पाइलामा ठगिँदै उपभोक्ता

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २०:२१
  • #पाइला–पाइलामा ठगिँदै उपभोक्ता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित शुक्रबार, असोज १६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्